Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

  • 27.4K
    SHARES

  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

    काठमाडौँ, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंहले झुण्डिएर आत्महत्या गरेका छन् । इन्डिया टिभी न्यूजले जनाए अनुसार उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।

    ३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै थिए। आइतबार उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

    प्रहरीले जनाए अनुसार उनको पोस्ट मोर्टम रिपोर्ट भने आउन बाँकी छ।

    सन् २०१२ मा फिल्म ‘काइ पो चे’बाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा सफल फिल्म हो ‘एम एस धोन  दी अनटोल्ड स्टोरी’

    फिल्म केदारनाथमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ। सुपरहिट फिल्म पीकेमा पनि उनले अभिनय गरेका छन्।

    उनको सन् २०१९ मा छिचोरे हिट भएको थियो।

    हलिउड फिल्म दी फल्ट इन आवर स्टारको रिमेकमा बन्न लागेको दिल बचेरामा उनले काम गरेका छन् जुन सार्वजनिक हुन बाँकी छ। एजेन्सी

    नेपाल फेस

    सम्बन्धित समाचार