Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

नायिका बस्नेतलाई कोरोना संक्रमण

नायिका बस्नेतलाई कोरोना संक्रमण

  • नेपाल फेस

  • शुक्रवार, जेठ ३० २०७७


  • नायिका बस्नेतलाई कोरोना संक्रमण

    काठमाडौं, ३० जेठ । कोरोना संक्रमितको परिचय गोप्य राखिन्छ । तर नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छिन्, त्यो पनि सामाजिक संजालमार्फत् ।

    बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएकी हुन् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।
    बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन् । उनी केही समयदेखि भारतीय फिल्मनगरी मुम्बईमा छिन् ।

    मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् ।
    ‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

    कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् । नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छन् ।

    तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी सुपुत्री हुन् ।

    शुक्रवार, जेठ ३० २०७७०८:१०:५५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]