Logo
  • बुधवार, आषाढ ३१ २०७७Jul 15 2020

कानुनका दुई सचिव बढुवाका लागि न्यायसेवा आयोगको बैठक सुरु

कानुनका दुई सचिव बढुवाका लागि न्यायसेवा आयोगको बैठक सुरु

  • नेपाल फेस

  • सोमवार, जेठ २६ २०७७


  • कानुनका दुई सचिव बढुवाका लागि न्यायसेवा आयोगको बैठक सुरु

    धनराज ज्ञवाली र उदयराज सापकोटा

    काठमाडौं । कानुन समूहका रिक्त दुई सचिव बढुवाका लागि न्याय सेवा आयोगको बैठक बसिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षमा बसेको आयोग बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका बरिष्ठ सहसचिवमध्येबाट दुई जनालाई सचिव बढुवा गर्ने एजेन्डा छ । कानुन मन्त्रालयका सहसचिवद्वय उदय सापकोटा र धनराज ज्ञवाली सचिव बढुवाका दाबेदार हुन् । ज्ञवाली कानुन मन्त्रालयमै कार्यरत छन् भने सापकोटा अर्थमन्त्रालयको कानुन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

    प्रधानमन्त्री कार्यालयका कानुनका सचिव डिल्लीराज घिमिरे जेठ १५ गते अवकाश भएपछि पदरिक्त भएको थियो । कानुन मन्त्रालयका सचिव राजीव गौतम आज अवकाश हुँदैथिए । उनको आइतबारै बिदाइ भएको छ ।

    कानुन मन्त्रालयको सचिवमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीलाई ल्याउने र नवनियुक्त सचिव धनराज ज्ञवालीलाई सत्य निरुपण आयोगमा पदस्थापन गर्ने तयारी छ । यद्यपि ज्ञवाली कानुन मन्त्रालयमै पदस्थापन हुने पनि उत्तिकै संभावना छ । आज बढुवा भएका सचिव उदयराज सापकोटालाई भने प्रधानमन्त्री कार्यालयमा पदस्थापन गर्ने तयारी छ ।

    न्यायसेवाका अधिकृत कर्मचारीको नियुक्ति, सरुवा र बढुवा न्यायसेवा आयोगको सिफारिस बमोजिम हुने संवैधानिक ब्यवस्था रहेको छ । अन्य समूहको सचिव बढुवा गर्दा एक पदमा तीन सहसचिव सिफारिस गर्ने ब्यवस्था छ । तर कानुन समूहमा आयोगले एक पद रिक्त भए एकमात्र उम्मेदवार सिफारिस गर्ने ब्यवस्था छ । न्यायसेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष,सदस्यहरुमा कानुन मन्त्री, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश, महान्यायाधीवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने ब्यवस्था छ ।

    सोमवार, जेठ २६ २०७७०१:२९:५७

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]