Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पर्यटन बोर्डका सीईओ रेग्मीको रामकहानीः ठेक्कापट्टामा सेटिङ गर्ने, भ्रष्टाचारीको पैसा लुकाउने


    मंगलबार, कार्तिक २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । तोकिएको परिमाण भन्दा बढी रक्सी बोकेर आएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई जरिवाना गरिनुका साथै बढी भएको रक्सी जफत गरिएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायबसुब्बाले एक बोतल भन्दा बढी मदिरा ल्याउन नपाउने भनेपछि रेग्मीले उनलाई हातपात नै गरेका थिए । म देश चलाउने मानिस हो, यो रक्सी मन्त्री र सचिवको पनि हो भन्दै उनले भन्सारका नासुलाई गालीगलौज गरेका थिए । लन्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर फर्किएका रेग्मीको साथबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले ४ बोतल रक्सी जफत गरेका थिए । कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन भन्सार कार्यालयले रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

     उक्त रक्सी उनले पर्यटन मन्त्री प्रेम आले र सचिव यादव कोइरालाको पनि हो भन्दै कर्मचारीलाई हातपात गर्नुका साथै मुख छाड्दै जफत गर्नबाट रोक्न खोजेका थिए । ट्राभल मार्टमा भाग लिन नेपालबाट मन्त्री आले, सचिव कोइरालासँग रेग्मी पनि गएका थिए । मन्त्री आले र सचिव कोइराला भीआइपी कक्षबाट बाहिरिएका थिए । उनले भन्सार नियम बिपरीत रक्सी ल्याएको रक्सी लानका लागि मन्त्री र सचिवको नाम समेत बदनाम गरेको सूचना पर्यटन मन्त्रालयसम्म पुगेको छ ।

    भन्सारका कर्मचारीमाथि गरेको दुब्र्यवहारलाई लिएर सोमबारै उनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधिसकेको छ । संभवतः बोर्डको सीईओका रुपमा उनी अक्षम भइसकेको र विमानस्थलमा देखाएको तमासाका कारण पर्यटन मन्त्री आले उनलाई हटाउने तयारीमा लागेका छन् ।  त्यसैअन्तर्गत सोमबारै स्पष्टीकरण सोधिसकिएको छ । उनलाई सोमबारै मन्त्रालयमा बोलाएरै मन्त्री आलेले स्पष्टीकरण लिएका छन् । पर्यटन बोर्डको सीईओ भएर भन्सार नियम भन्दा बढी मदिरा बोकेर आउने र विमानस्थलमा भन्सारका कर्मचारीमाथि उल्टै दुब्यर्वहार गर्ने रेग्मीले पदीय मर्यादा नै कायम राख्न नसकेकाले उनलाई हटाउने प्रक्रिया मन्त्री आलेले सुरु गरिसकेका छन् ।

    भ्रष्टाचारको पैसामा रेग्मीको तुजुक

    केपी ओली सरकारका तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले उनलाई पर्यटन बोर्डको सीईओमा नियुक्त गरेका थिए । पर्यटनमा भन्दा पनि गाडी ब्यापारमा अनुभव भएका उनलाई सीईओ नियुक्त गरिएको थियो । कर फस्र्यौट आयोगबाट २१ अर्ब अनियमितता गरेको र एनसेल लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माको भ्रष्टाचारको ठूलो हिस्सा यिनै रेग्मीसँग रहेको छ । उनको नाममा काठमाडौं उपत्यकादेखि विभिन्न सहरमा रहेका पचासौं रोपनी जग्गा, घरदेखिका सम्पत्ति छानबिन गर्ने हो भने उनले भ्रष्ट प्रशासक र नेताहरुको पैसा लुकाएको फेलापर्ने उनलाई चिन्नेहरु बताउँछन् । त्यसो त उनले ललितपुर नापी कार्यालयमा आफ्नै निकटका बन्धु नारायण रेग्मी प्रमुख हुँदा उनले कमाएको पैसा समेत ब्यवस्थापन गरेको स्रोत बताउँछ ।

    नारायण रेग्मीले ललितपुर नापीबाट जग्गा कारोबारीलाई प्लानिङ गर्नका लागि अनुमति दिने क्रममा एउटा घडेरी सिंत्तै घुसबापत लिने गरेका थिए । त्यसरी लिएको घडेरी बिक्री गरेको सम्पत्ति उनले धनञ्जय रेग्मीको नाममा जग्गा किनेर राखेका छन् । धनन्जय रेग्मीले धापाखेलस्थित सुमेरु अस्पतालनिर लिएको १२ आना जग्गा नारायण रेग्मीकै ललितपुर नापीमा हुँदाको आर्जन रहेको स्रोतको दाबी छ ।

    सेटिङ गर्दै ठेक्का हत्याउँदै 

    त्यसो त रेग्मीले त्रिभुवन विश्वविद्यालय भूगोल विभागबाट ४ करोड रुपैयाँको परामर्शको कार्य विनाटेण्डर नै लिएको आरोप छ । जबकि २० लाखभन्दा बढी रकमको काम टेण्डर सूचना निकालेर प्रतिस्पर्धामा घटी दरमा प्रस्ताव पेश गर्ने कम्पनीलाई दिनुपर्ने सार्वजनिक खरिद ऐन र नियममा उल्लेख छ । तर रेग्मीले भूगोल विभागका प्रमुखदेखि अन्य कर्मचारीलाई ३० प्रतिशत घुस दिने प्रलोभन देखाई विनाटेण्डर नै ४ करोडको परामर्शको काम लिएका छन् ।

    भूगोल अध्ययन गर्ने विद्यार्थीलाई अति कम तलव सुविधामा काम लगाएर उनले त्यो बजेटबाट काम गराउँदैआएका छन् । भूगोल विभागमा अध्ययन गर्ने विद्यार्थीले रेग्मीले कम तलवमा काम लगाएको गुनासो गरेका छन् ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार