Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

नेपाल फेस

असोज २८, २०७८ बिहीबार
  • 745
    SHARES

  • नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन्। 

    बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 

    बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका हुन् । 

    ट्वीटमा उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

    सम्बन्धित समाचार