Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

हेर्नुहोस् आज असोज २८ गते बिहीबारको राशिफल

हेर्नुहोस् आज असोज २८ गते बिहीबारको राशिफल

नेपाल फेस

असोज २८, २०७८ बिहीबार
  • 1.1K
    SHARES

  • हेर्नुहोस् आज असोज २८ गते बिहीबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।


    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । सामाजिक काममा सफलता पनि पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
     
    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज आर्थिक लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित समाचार