Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

सगरमाथा देखेर दंग छन् अनुपम र परिणीती

सगरमाथा देखेर दंग छन् अनुपम र परिणीती

नेपाल फेस

असोज २७, २०७८ बुधबार
  • 1.2K
    SHARES

  • सगरमाथा देखेर दंग छन् अनुपम र परिणीती

    काडमाडौं । दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ । 

    यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

    साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् । बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि  अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।  उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ ।

    सम्बन्धित समाचार