Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

दशैंमा च्याङ्ग्राको माग उच्च , एउटैको मूल्य ३६ हजारसम्म

दशैंमा च्याङ्ग्राको माग उच्च , एउटैको मूल्य ३६ हजारसम्म

नेपाल फेस

असोज २४, २०७८ आइतबार
  • 3.0K
    SHARES

  • दशैंमा च्याङ्ग्राको माग उच्च , एउटैको मूल्य ३६ हजारसम्म

    बागलुङ । आठ दिनको हिँडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए। वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनि भाउ निकै महङ्गिएको छ।

    यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन्। जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्ग्रा भेडा बजार ल्याइएको छ।

    अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ। केही वर्षअघिसम्म बागलुङमा मात्रै दुईदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ।

    मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए।

    'मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ', उनले भने, 'च्याङ्ग्रालाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिँडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मूल्य छोइ नसक्नु हुने छ।' मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मरबहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्ग्रा लिएर आउँदै छन्।

    अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी एक हजार ८०० रूपैयाँमा कारोबार सुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ। अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ।

    सम्बन्धित समाचार