Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

एमालेको बिधान महाधिवेशनः ओलीको घिनलाग्दो देवत्वकरण गर्नमै सीमित

एमालेको बिधान महाधिवेशनः ओलीको घिनलाग्दो देवत्वकरण गर्नमै सीमित

नेपाल फेस

असोज १८, २०७८ सोमबार
  • 13.3K
    SHARES

  • एमालेको बिधान महाधिवेशनः ओलीको घिनलाग्दो देवत्वकरण गर्नमै सीमित

    दामोदर अर्याल

    काठमाडौं । 

    मूलतः एमाले बिधान अधिवेशन सम्पूर्णरुपमा असफल रह्यो । कसरी ? 

    १. निर्धारण गरिएका प्रतिनिधिहरु नआएपछि ‘जो आया, सो प्रतिनिधि’ सिद्धान्त अनुसार हल भर्ने काम गरियो ।

    २. सिद्धान्तका क्षेत्रमा काम भएन । प्रचण्डसँग पार्टी एकता गर्दा आफैंले त्याग गरेको जनताको बहुदलीय जनबादलाई फेरि ब्यूँताएर ब्यानर बनाइयो । जबज त्याग गरेको ठिक कि अहिले पुनः अङ्गिकार गरेको ठिक ? यसको बारेमा कसैले कुरा उठाउने जोखिम मोलेन । सिद्धान्तका क्षेत्रमा जता भत्कियो त्यतै दैलोको परिस्थिति देखियो ।

    ३. बिधान अधिवेशनमा ब्यक्तिको देवत्वकरणको दृश्य यति घिनलाग्दो थियो कि सहभागीहरुले आफू कम्युनिस्ट भएको अनुभव गर्न सकेनन् । बिजुलीका पोलहरुमा केपी, स्वागतद्वारहरुमा केपी, पानीका बोतलहरुमा केपी, खाने थाल, कचौरा र चम्चाहरुमा केपी, ट्वाइलेट पेपरहरुमा केपी । अधिवेशनहलमा केपीको सवारी राजा ज्ञानेन्द्रको सवारीझैं देखिन्थ्यो ।

    ४. बिधान अधिबेशनको सानदार मञ्चमा कार्लमाक्स, लेनिनको मात्र होइन, मदन भण्डारीको फोटो समेत हटाइएको थियो । आयोजकहरुले महान कम्युनिस्ट नेताहरुको फोटो हटाएर अब एमाले कम्युनिस्ट पार्र्टी रहेन भनेर प्रष्ट संकेत गरे पनि सहभागीमध्ये कतिले बुझे तर कतिपयले भेउ नै पाएनन् ।

    ५. अधिवेशन वरिपरिका क्षेत्रहरुमा ‘आई लभ यु केपी बा’ को नारा यति तिब्रताका साथ लागेको थियो कि सहभागीहरुले माक्र्सवाद, लेनिनवाद र जबजको नारा बिर्सन बाध्य भए ।

    ६. अधिवेशनभर बक्ताहरु आफ्नो सिद्धान्त, नीति र आगामी कार्यक्रमभन्दा अरु पार्र्टीलाई गाली गर्न ब्यस्त देखिन्थे । 

    ७. अधिबेशन अबधिभर नेताहरूको अनुहारमा सत्ता गुमेको पीडा प्रष्टै देखिन्थ्यो । त्यतिमात्र होइन अनिश्चित भबिष्यप्रतिको चिन्ताले उनीहरुको अनुहार उज्यालो हुन दिएको थिएन ।

    ८. यो अधिवेशनले कम्युनिस्ट एकतातर्फ एउटा शब्द र एउटा अक्षर खर्च गरेन ।
     मूलतः यो अधिवेशनले एमाले पार्टीलाई कम्युनिस्ट आन्दोलनबाट अझ टाढा पुर्याएको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेकोले त्यहाँभित्र रहेका असल कम्युनिस्टहरुले बेलैमा बिद्रोह गर्नुको कुनै विकल्प देखिएन ।

    ९.अधिबेशन अबधिभर गैर कम्युनिस्ट प्रतिनिधिहरुको चुरिफुरी हेर्नलायक थियो । गैर कम्युनिस्ट पार्टीबाट सोझै नेतृत्वमा भित्र्याउने कसरत अधिवेशन हलमै देखियो ।

    १०. अन्त्यमा, यो अधिवेशनमा सहभागी सबैले प्रसिद्ध साहित्यकार सरुभक्तले लेख्नुभएको एउटा उपन्यास जसले मदन पुरस्कार पाएको थियो, पढ्न अनुरोध गरें 

    सम्बन्धित समाचार