Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको चिन्ता: यही अवस्था रहे मैले पनि सुसाइड गर्नुपर्ने हो कि !


    बिहिबार, असोज १४ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा जस्तै घेरा हाल्ने र सखाप पार्ने रणनीति भएकाे भन्दै आफूले यहि अवस्था रहे सुसाइड गर्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

    अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरे जस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

    ‘हिजो जनयुद्धमा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियो । घेरा तोड्ने र प्रतिरोध गरेर परास्त गर्ने गर्‍यौं । अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो’, उनले भने, ‘अहिले फेरि लडाइँ गर्ने कि छाडिदिने ? यति रहेछ भनेर रोकिने ?’

    प्रचण्डले आफूले आत्मसमर्पण गर्न नसक्ने भन्दै कि लड्नु पर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गरे ।

    उनले भने, ‘मैले आत्मसमर्पण गर्न सक्दिनँ । यत्रो शहीद, बेपत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ । या त सक्दिनँ भनेर सुसाइड गर्नुपपर्याे । मार्क्सका छोरी–ज्वाइँले  सुसाइड गरेकाे उदाहरण दिंदै उनले सबै सुसाइड नकारात्मक नहुने समेत बताए ।

    प्रचण्डले या सुसाइड रोज्नुपर्ने वा फेरि लड्नुपर्ने विकल्प बाँकी रहेको बताए । ‘या त फेरि लड्नु पर्छ । जोखिम उठाएर लड्ने, जेल जानुपर्छ वा मर्नुपर्छ भने पनि मर्ने । तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले संघर्ष गर्नुपर्छ’, उनले भने, ‘क्रान्ति गरेको नेता अवसरवादी भएर मर्नुप¥यो भने पीडा हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार