Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

देउवाको नाम लिंदै भौतिक सचिवको असुली, मन्त्री नियुक्त नहुँदै सडकका हाकिमहरुको मनपरी सरुवा

देउवाको नाम लिंदै भौतिक सचिवको असुली, मन्त्री नियुक्त नहुँदै सडकका हाकिमहरुको मनपरी सरुवा

नेपाल फेस

असोज १४, २०७८ बिहीबार
  • 10.0K
    SHARES

  • देउवाको नाम लिंदै भौतिक सचिवको असुली, मन्त्री नियुक्त नहुँदै सडकका हाकिमहरुको मनपरी सरुवा

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्री आउनुअघि नै डिभिजन र आयोजना प्रमुखहरुको सरुवा गरेका छन् । उनले मंगलबार १० उपसचिव(डीई)हरुको सरुवा गरेका छन् । सरुवामा बरिष्ठता र कार्यक्षमता भन्दा पनि आर्थिक लेनदेनलाई आधार मानी गरिएको गुनासो छ । बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई आकर्षक आयोजनामा सरुवा गरिएको छ ।

    सडक विभाग अन्तर्गत सधैं आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति कमाएकाहरुलाई पुनः झन् आकर्षक कार्यालयमा सरुवा गरिएको छ । सचिव श्रेष्ठले बरिष्ठता र कार्यक्षमता भन्दा पनि बजेटको आकार हेरी घुसको दररेट तय गर्दै सरुवा गरेका छन् । स्रोतका अनुसार २५ देखि ४० लाखको दररेट लिंदै सरुवा गरिएकोे छ । महानिर्देशक हुँदादेखिका सचिव श्रेष्ठका सदाबहार बिचौलियाले नै रेट तय गरिसकेपछि मंगलबार सरुवा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बदनाम गर्दै बालुवाटारबाट आएको नाम भन्दै घुस लेनदेन गरी सरुवा गरेको आरोप सचिव श्रेष्ठमाथि लागेको छ ।

    काठमाडौं सडक डिभिजनको प्रमुखका लागि बरिष्ठ र क्षमतावान डीई गुरु अधिकारी लागे पनि सडकमा सधैं तर मार्ने ठाउँमा बसेका नारायण निउरेलाई जिम्मेवारी दिइएको छ । अधिकारीले दररेट अन्ुसार बुझाउन असमर्थता जनाएपछि निउरेको टेण्डर बुझेर उनलाई लगिएको छ । निउरे मध्यपहाडी धुलिखेल, दैलेख हुँदै उनी सबैभन्दा बढी दररेट बुझाएर काठमाडौं डिभिजन प्रमुखमा जान सफल भएका छन् ।   
    सडकमा सधैं आकर्षक कार्यालयमा रम्दैआएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको छ ।  

    त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा पुर्याइएको छ । अर्का डीई अंगलाल रोकायलाई योजना पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा लगिएको छ ।

    त्यसैगरी डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २ मा पठाइएको छ ।  भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजनामा लगिएको छ । नारायणगढ–मुग्लिङ सडकका अमृतमणि रिमाललाई सडक विभागको पुलमा खेदिएको छ ।

    कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झा भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा पठाइएको छ । ललितपुर डिभिजनका अर्जुन सुवाललाई एक बर्ष नपुगी चक्रपथ सडक विस्तार योजनाबाट सडक विभाग पुलमा लगिएको छ । मध्यपहाडी लोकमार्ग काभ्रेका योजना प्रमुख नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा ल्याइएको छ ।   

    सम्बन्धित समाचार