Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

चीनसँगको सीमा विवादः तुईनकाण्ड ओझेलमा पार्ने ‘रअ’ को ग्य्रान्डडिजाइन  

चीनसँगको सीमा विवादः तुईनकाण्ड ओझेलमा पार्ने ‘रअ’ को ग्य्रान्डडिजाइन  

Deeps

असोज ११, २०७८ सोमबार
  • 6.9K
    SHARES

  • चीनसँगको सीमा विवादः तुईनकाण्ड ओझेलमा पार्ने ‘रअ’ को ग्य्रान्डडिजाइन  

    काठमाडौं । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नदी तरिरहेको अवस्थामा तुईन काट्दा महाकालीमा डुबेर मृत्यु भएका दार्चुलाका जयसिंह धामीको बिषयलाई ओझेलमा पार्न चीनसँगको सीमा विवाद उछालिएको विषय जगजाहेर छ । 

    भारतीय गुप्तचर संस्था ‘रअ’कै ग्य्रान्ड डिजाइनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जीवनबहादुर शाहीहरुले चीनसँग हुम्ला लगायतका ठाउँमा सीमा विवाद भएको बिषय जोडतोडका साथ उठाए । निधि र शाहीहरुले भारतीय इशारामा कुरा उठाएकै भरमा सरकारले गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनायो । त्यो समितिले चीनसँग सीमा विवाद भएकोबारेमा ठोस प्रमाण नै भेट्टाउन सकेन । समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा चीनसँग सीमा विवाद भएको एउटा पनि प्रमाण पेश गर्न नसकेपछि ‘रअ’ले तुईन प्रकरणबाट ध्यान अन्यत्र मोड्न चीनसँगको सीमा विवाद उछाल्न लगाएको पुष्टि हुन गएको छ ।

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार गठन भएको १८ दिनपछि  साउन १५ गते एसएसबीले तुईन काट्दा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भयोे । एसएसबीले नदी तरिरहेको अवस्थामा तुईन काट्दा उनको मृत्यु भएको थियो । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटस्थित तुइनबाट स्थानीय बासिन्दा ओहोर–दोहोर गर्ने गर्दछन् । साउन १५ मा धामी तुईनबाट नदी तर्दै गर्दा एसएसबीले काटिदिएका थिए ।

    एसएसबीको उक्त अमानवीय हर्कतको सर्बत्र निन्दा भयो । तर्दातर्दै तुइन काट्ने एसएसबीका जवानलाई कारबाहीको माग गर्दै व्याँस गाउँपालिकाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् । मानिसले बाँच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकारकै हनन् गर्नेगरी तुईन काट्ने एसएसबीमाथि कारबाही माग गरे । स्थानीयले धामीको हत्या नै भएकाले कारबाही हुनुपर्ने माग गरे । तर देउवा सरकारले यसबारेमा भारतसँग एसएसबीमाथि कारबाहीको माग गर्न सकेको छैन ।

    धामी प्रकरणको बारेमा चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री देउवाले गृहसचिवको नेतृत्वमा छानबिन समिति बनाए । छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा घटनामा भारतीय एसएसबीको संलग्नता रहेको उल्लेख गरेको हो । छानबिन समितिलाई भारतीय पक्षले प्रभावमा पार्न खोजे पनि जनदबाबका कारण एसएसबीले तुईन काटेकै कारण धामीको महाकालीमा डुबेर मृत्यु भएको प्रतिवेदन दिन छानबिन समिति बाध्य भएको थियो ।  

    तुईन प्रकरणको आक्रोस साम्य पार्ने ‘रअ’को रणनीति

    भारतले तुईन प्रकरण ढाकछोप गर्न अनेक हत्कण्डा अपनाउँदैआएको छ । तुईन काण्ड ढाकछोप गर्न भारतीय खुफिया संस्था ‘रअ’ले चीनको सीमा विवादको बिषय उछाल्न लगायो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र हुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीसहितका नेताहरुलाई प्रयोग गरी चीनसँगको सीमा विवादको बिषय उछालियो ।

    एसएसबीले तुईन काटेर धामीको ‘हत्या’ गरेको बिषयमा आक्रोसित नेपालीको ध्यान मोड्न चीनसँगको सीमा विवाद उछालेपछि सरकारले भदौ १६ मा स्थलगत अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

    chin sima karyadal.jpg
    चीनसँगको सीमा अध्ययन कार्यदलका संयोजक जयनारायण आचार्य गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै 

    सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए ।

    समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सीमालगायतका द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान गर्न सुझाव प्रस्तुत गरेको छ । समितिले चीनसँग सीमा विवाद रहेको र नेपाली भूमि मिचिएकोबारेमा उल्लेख नै गरेको छैन ।

    ‘रअ’ र भारतीय दूताबासको इशारामा केही ब्यक्तिले उछालेको चीनसँगको सीमा विवादको कुरालाई लिएर सरकारले कार्यदल नै बनायो । तर कार्यदलले चीनसँग सीमा विवाद भएको ठोस सबुत भेट्टाउन सकेन ।

    कार्यदलले दिएको प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारलगायतका विषयलाई समेटेको तर किटानीसाथ केही पनि नबोलिएको स्रोतले बताएको छ ।

     हल भइसकेको चीनसँगको सीमा विवाद भारतको इशारामा बल्झाउनुले मित्रराष्ट्र चीनसँगको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न गराउने कार्य गरेको कूटनीतिक बृत्तको निष्कर्ष छ ।    

    सम्बन्धित समाचार