Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

कांग्रेसको १४ औं महाधिवेशनः यसकारण शेरबहादुर देउवा हार्दैछन्

कांग्रेसको १४ औं महाधिवेशनः यसकारण शेरबहादुर देउवा हार्दैछन्

माधव पौडेल

असोज ९, २०७८ शनिबार
  • 7.1K
    SHARES

  • कांग्रेसको १४ औं महाधिवेशनः यसकारण शेरबहादुर देउवा हार्दैछन्

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा भारतले रुचाएको ब्यक्तिमात्र सभापति बन्ने गरेको इतिहास छ । शेरबहादुर देउवालाई नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नै सभापति बन्ने अवसर जुरेको थियो । माओवादीको धङधङीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिनसक्ने क्षमता सुशील कोइराला भन्दा देउवामा बढी भएको हुँदा भारतीय रोजाइमा देउवा पर्न गएका थिए ।

    अर्कोतर्फ भारतीय संयन्त्रलाई अमरेशकुमार सिंह र कृष्णप्रसाद सिटौलालाई दुरुपयोग गरेका कारण यी दुवैलाई किनारा लाउनलाई पनि देउवा भारतीय रोजाइमा परेका थिए । आफू भारतीय रोजाइमा पर्नुको कारणबाट देउवा अनभिज्ञ थिए । भर्खरै एमालेको महाधिवेशनबाट झलनाथ खनाललाई पार्टी अध्यक्ष निर्वाचित गर्दा प्रचण्डको भूमिकाले सहयोग गरेका कारण देउवा पनि नेपाली कांग्रेसको महाधिवेशनमा प्रचण्डसँग आशीर्वाद थाप्न पुगे । स्वभाविक रुपमा प्रचण्डले आफूपछिका दोस्रा नेता डा. बाबुराम भट्टराईसँग सल्लाह गरे । र, बाबुरामले साउथ ब्लकमा सल्लाह गरे । देउवालाई रोज्ने भारतीय अधिकारीहरु कारबाहीमा परे । र, भारतीय जासुस अवधबिहारी माथुरको नेतृत्वमा नयाँ टोली आयो । नयाँ टोलीले राष्ट्रपति डा. रामबरण यादवको जमानीमा सुशील कोइरालालाई पार्टी सभापति बनाउने सहमति भयो ।

    रातारात अर्जुननरसिंह केसी, गगन थापा, खुमबहादुर खड्का लगायतका नेताहरु देउवा कित्ताबाट कोइराला कित्तातिर बसाई सरे । सुशीललाई सभापति बनाउने समझदारीको सर्त थियो, कृष्ण सिटौलालाई महामन्त्री र अमरेशकुमारलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने । सुशील कोइरालाले सभापति जितेपछि सिटौलालाई महामन्त्रीमा मनोनीत गरे तर अमरेशलाई धोका दिए ।

    नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा देउवा पुनः भारतको आशीर्वाद लिन दिल्ली धाए । भारतमा सरकार परिवर्तन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू राष्ट्रको वकालत गर्ने सर्तमा देउवालाई सहयोग गर्ने बचनबद्धता गरे । देउवालाई जिताउन कोइराला पक्षको मत विभाजित गर्न कृष्ण सिटौलालाई सभापति र गगन थापालाई महामन्त्रीका रुपमा उम्मेदवारी दिन लगाइयो । ससुरा अर्जुननरसिंह केसीलाई हराउन आफू प्रयोग भइरहेको थाहा पाउँदा पनि गगन थापाले उम्मेदवारी दिनु पर्यो । पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पाउन सकेनन् । दोस्रो चरणको मतदानमा सिटौलाको सहयोगले देउवा निर्वाचित भए । सभापति निर्वाचित भए पनि देउवाले भारतीय चाहना अनुसार हिन्दू राष्ट्रको पक्षमा बोल्नुको साटो धर्म निरपेक्षताको बिगुल फुक्न निधिलाई उपसभापतिमा मनोनीत गरे ।

    देउवाका कारण केपी शर्मा ओलीको नेतृत्वमा हुने राजनीतिक बिद्रोह असफल हुन गएका कारण भारतीय सुरक्षा एजेन्सी उनीप्रति आक्रोशित भए पनि उनीसँग सहकार्य गर्न कृष्ण सिटौलालाई खटाएको छ ।

    नेपाली कांग्रेसको बिजय पराजयको आधार क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यता छानबिन कमिटीमा डा. मिनेन्द्र रिजाल, कृष्ण सिटौला र रमेश लेखकको निर्णय अन्तिम हुने गरेको छ । करिब १ हजार महाधिवेशन प्रतिनिधि आउने दस जिल्लामा क्रियाशील सदस्यता अहिलेसम्म टुंगिन सकेको छैन । देउवा पक्ष भनिएका कार्यकर्ताहरु देउवासमक्ष सहयोग माग्न जाँदा कुनै सहयोग पाएका छैनन् ।

    मिनेन्द्र रिजाल र कृष्ण सिटौलाले क्रियाशील सदस्यतालाई मान्यता दिन देउवा पक्षलाई कज्याउने र महाधिवेशनमा देउवालाई सहयोग नगर्ने सर्त राख्ने गरेका छन् । १० जिल्लाको क्रियाशील सदस्यता विवादलाई मान्यता दिंदा यस्तो सर्त राख्ने गरिएको छ । जसका कारण देउवा पक्षका नेताहरु कित्ता परिवर्तन गर्न बाध्य भइरहेका छन् । देउवालाई सबै सदस्यहरुले सहयोग गर्दा पनि ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् भने अहिले उनको ब्यवहारबाट रुष्ट कार्यकर्ताहरुले असहयोग गर्दा उनको पराजय निश्चित देखिन्छ । र, भारतले आशा गरे अनुसार हिन्दू राष्ट्रको एजेन्डा बोक्ने नयाँ अनुहार देखापर्नेछन् । 

    सम्बन्धित समाचार