Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाल फेस

असोज ७, २०७८ बिहीबार
  • 2.5K
    SHARES

  • बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    उदयपुर । जिल्लाको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् ।

    बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।

    बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

    चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार