Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाल फेस

असोज ६, २०७८ बुधबार
  • 4.7K
    SHARES

  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडाैं । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको  सुनको मूल्य आज तोलामा नौ सयले बढेको हाे । 

    मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको सुनको मूल्य आज बढेर तोलाको मूल्य रु ९० हजार एक सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

    सम्बन्धित समाचार