Logo
  • शनिबार, मंसिर १७ २०७९Dec 03 2022

कर्मचारी संगठन विभाजन गर्ने अध्यक्ष देवकोटा हटाइए, नयाँ अध्यक्षमा रेवन्त गौतम 

कर्मचारी संगठन विभाजन गर्ने अध्यक्ष देवकोटा हटाइए, नयाँ अध्यक्षमा रेवन्त गौतम 

images

नेपाल फेस

असोज ३, २०७८ आइतबार
  • 56.9K
    SHARES

  • कर्मचारी संगठन विभाजन गर्ने अध्यक्ष देवकोटा हटाइए, नयाँ अध्यक्षमा रेवन्त गौतम 

    काठमाडौं । निजामती कर्मचारीमा ४० प्रतिशत भन्दा बढी पकड रहेको नेपाल निजामती कर्मचारी संगठन विभाजन भएको छ । संगठनको (लेखा र अनुशासन आयोग) १३९ सदस्यीय केन्द्रीय कमिटीको बहुमतले विधि र पद्धति बिपरीत चल्दैआएका अध्यक्ष केदारप्रसाद देवकोटासहित १० जनालाई पदमुक्त गरेको छ ।

    images

    संगठनले अनु्शासनहीन क्रियाकलाप गरी संगठनका महासचिवलाई समेत जानकारी नदिई शनिबार कार्की बैंक्वेटमा भेला गरेकाले अध्यक्ष देवकोटालाई सहितका ९ जनालाई पदमुक्त गरेको छ । संगठनको बैठकले महासचिव रेवन्त गौतमलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

    शनिबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सुनाउनका लागि आइतबार कार्की बैंक्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संगठनका महासचिव शरणकुमार गुरुङले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई पठाउने निर्णय गरेको जानकारी दिएका छन् ।

    आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल  उपसचिव बढुवा भएकाले रिक्त भएको पदमा घिमिरेलाई पठाउने निर्णय संगठनले गरेको छ । आधिकारिक ट्रेड युनियनका सदस्य छत्रबहादुर शाह पनि उपसचिव बढुवा भएकाले उनको ठाउँमा जयदेव जोशीलाई पठाउने भएको छ ।  
     शनिबार सम्पन्न संगठनको बहुमत केन्द्रीय कमिटी सदस्यहरुको बैठकले अध्यक्ष देवकोटा, बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षहरु ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र बैकुन्ठ गुरागाईलाई पदमुक्त गरेको छ ।  

    त्यसैगरी, सहकोषाध्यक्ष गणेश आचार्यलाई पनि पदमुक्त गरेको छ । ९ जना पदाधिकारीलाई संगठनबाट भने निस्कासन नगरिएको जानकारी दिइएको छ ।  

    नेपालको सबैभन्दा लामो इतिहास भएको  कर्मचारी संगठन विभाजन गर्ने कार्य केदारप्रसाद देवकोटाहरुले गरेको आरोप अध्यक्ष रेवन्त गौतमले लगाए । कर्मचारी संगठन विभाजन हुन नदिन आफूहरुले अथक प्रयास गर्दा पनि बिधान, बिधि, पद्धति, नीति बिपरीत गई पदीय हिसाबले संगठनको प्रमुख जिम्मेवारी पाएका देवकोटाले पदको दुरुपयोग गर्दै पद अनुसारको कर्तब्य पालना नगरी सांगठनिक मर्यादा विपरीत संगठनका महासचिवसँग सल्लाह, सहमति र समन्वय गरी बोलाउनुपर्ने सचिवालयको बैठक समेत नबोलाई एकपक्षीय ढंगले केन्द्रीय कार्यसमितिको बैठक तथा भेला बोलाई संगठनको प्रचलित पद्धति बमोजिम निर्णय गर्नुपर्नेमा आफूखुसी यो यो निर्णय भयो भनी सुनाएको र बिधान बमोजिम केन्द्रीय कार्यसमितिले बोलाउनुपर्ने राष्ट्रिय भेला समेत आफैं बोलाई कुनै पनि एउटा दलको आमसभा जसरी कार्यक्रम गरेको, संगठनको स्रोत साधनलाई अनावश्यक रुपमा खर्च गरेको र सो कार्यका लागि अध्यक्षलाई उक्साउने, यो षडयन्त्रमा सहभागी हुने र मतियार भई कार्य गरेकाले देवकोटासहितका ९ पदाधिकारीलाई निजामती कर्मचारीको विधान २०६९को दफा २६ बमोजिम हटाइएको उल्लेख छ । 

    संगठनको बैठकले अध्यक्षमा रेवन्त गौतम, बरिष्ठ उपाध्यक्षमा मोहन गिरी, उपाध्यक्षहरुमा सीता गुरुङ, बेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर बिष्ट र दयाराम खत्रीलाई चयन गरेको छ ।

    महासचिवमा शरणकुमार गुरुङ, उपमहासचिव भवानी खतिवडा, सचिव प्रकाश राई, मधु मिजार र ओम कठायत, सहकोषाध्यक्ष दिनेश लम्साललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    शनिबारको राष्ट्रिय भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आधिकारिक ट्रेड युनियनका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला तथा विभागीय अध्यक्षहरु, तथा संगठनद्वारा संचालित सहकारी संस्थाका अध्यक्षहरु समेत ५ सय जनाको उपस्थिति रहेको जानकारी दिइएको छ ।

    संगठनलाई सबै कर्मचारीहरुको आशा र भरोसाको केन्द्रका रुपमा विकास गर्दै लैजाने जानकारी महासचिव गुरुङले दिएका छन् । उनले संगठन कुनै राजनीतिक दलको भातृसंगठन नभएको बताए । संगठनलाई फुटाएर राज गर्न चाहनेहरुबाट बचाउन, सांगठनिक जीवनमा आइपरेको यस कठिन घडीमा नेपाल निजामती कर्मचारी संगठन ऐतिहासिक परम्परा, बिधि, पद्धति र उपलब्धीको जगेर्ना गर्दै थप उपलब्धी प्राप्तीका लागि कर्मशील भएर लाग्न पनि आम राष्ट्रसेवकहरुमा आग्रह गरेको छ । 

    सम्बन्धित समाचार