Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

विमला वलीद्वारा शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा, प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

विमला वलीद्वारा शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा, प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

नेपाल फेस

भदौ ३०, २०७८ बुधबार
  • 1.8K
    SHARES

  • विमला वलीद्वारा शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा, प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

    बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमला खत्री वलीले एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् ।

    वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पोखरेलसहित ४ जनाविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको प्रहरीले बताएको छ। 

    पोखरेलले मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ ।

    वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् ।

    वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद हुन् । 

    प्रहरीका अनुसार यदी अपहरण प्रमाणित भएमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images