Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

दुई करोड बढीका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ

दुई करोड बढीका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ

नेपाल फेस

भदौ २९, २०७८ मंगलबार
  • 2.8K
    SHARES

  • दुई करोड बढीका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ

    काठमाडाैं । सोमबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ । 

    श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेकाे विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । 

    उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन् । 

    थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ । 

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images