Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

३० लाख जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ

३० लाख जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ

नेपाल फेस

भदौ २९, २०७८ मंगलबार
  • 1.7K
    SHARES

  • ३० लाख जरिवाना र  ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ

    काठमाडौं । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले  बैंकिङ कसुरको मुद्दामा ३० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

    उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको दीपकलाई प्रहरी टोलीले सोमबार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

     

    •  

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images