Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’

नेपाल फेस

भदौ २९, २०७८ मंगलबार
  • 1.8K
    SHARES

  • उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’

    एजेन्सी । उत्तर कोरियाले सोमबार लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् ।  

    टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् ।

    उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।’

    तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेका छन् ।

    स्मरण रहोस् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग दुई वर्ष अघि कुराकानीको कोसिस गरेका थिए तर त्यसमा खासै सफलता हासिल गर्न सकेन ।

    मिसाइलको परीक्षण:

    यस्तै, आइतबार उत्तर कोरियाले उसले लामो दुरीको नयाँ प्रकारको क्रुज मिसाइलको सफल परीक्षण गरेको हो ।

    उत्तर कोरियाको सरकारी मिडियाले भनेको थियो शनिबार र आइतबार दुई मिसाइल सार्वजनिक गरियो जसले १५०० किलोमिटरभन्दा बढीको यात्रा तय गर्नसक्छ ।

    उत्तर कोरियाले पछिल्लो पटक क्रुज मिसाइलको परीक्षण जनवरीमा गरेको थियो जब राष्ट्रपति जो बाइडेनले अमेरिकाका राष्ट्रपति पदको शपथ लिएको थियो ।

     

     
     

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images