Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

एमसीसी र चीनसँगको सीमा विवाद केवल संयोगमात्र हो ?

एमसीसी र चीनसँगको सीमा विवाद केवल संयोगमात्र हो ?

नेपाल फेस

भदौ १९, २०७८ शनिबार
  • 8.5K
    SHARES

  • एमसीसी र चीनसँगको सीमा विवाद केवल संयोगमात्र हो ?

    युवराज संग्रौला

    काठमाडौं ।

    जतिबेला देशको राजनीतिमा पूरै छिन्नभिन्नको अवस्था छ, निर्वाचनमा बहुमत प्राप्त पार्टी अदालतद्वारा गराइएको राजनीतिद्वारा विभाजित गरिएको छ, अनि अलग भएको एमाले पनि विभाजित भएको छ, नयाँ सरकार बनेको छ त्यो पनि पूर्ण हुनसकेको छैन, यस्तो कमजोर र तरल राजनीति, जसको स्वार्थ राष्ट्र होइन पार्टी र व्यक्तिको स्वार्थ सिद्ध गर्नुमात्र रहेको छ,  अवस्थामा राष्ट्रलाई शक्तिशाली रास्ट्रहरुको विवादको घनचक्करमा हाल्ने खेल बिदेशी गुप्तचर र राष्ट्रघाती बिकेका मानिसहरु गर्दैछन् ।

    १. नेपाल र चीनबीच सम्पन्न सीमा सन्धिले दुई देशबीचको सीमा खम्बा गाडेर सुनिश्चित गरेको छ । सन्धिमा सीमामा कुनै विवाद हुँदा स्थानीय अधिकारीहरुले हेर्ने र कूटनैतिक छलफलबाट समाधान गर्ने ब्यवस्था छ । पररास्ट्र मन्त्रालयले चिनियाँ समकक्षीसँग कुराकानी गर्यो ? सीडीओले विवादको प्रतिवेदन पठाएको छ ? विवाद नभएको देशसँग विवाद सिर्जना गरेर नेपालको भूराजनितीलाई विवादको भूमरीमा हाल्ने काम गर्ने गिरोह सक्रिय छ भन्ने स्पस्ट छ । ‘टाइफाइड’ ले थलिएका बेला बक्सिङ खेल्न रिङ्गभित्र छिर्नु कति बुद्धिमानी हुन्छ ।’

    २. अहिले सरकारले एमसीसीको बारेमा प्रश्न सोधेछ । कम्तीमा बहस खुल्यो, औपचारिक रुपमा । तर, 
    के सरकारका पदाधिकारीले सम्झौतापत्र हेर्नुभएको छैन ? यो सन्धिको ब्याख्या परराष्ट्र मन्त्रालयले गरोस् र भनोस् यसमा संधैभरिका लागि एमसीसीको कपिराइट छैन भनेर, सक्छ त्यसो भन्न ? 

    ३. एमसीसी नेपाल बोर्डले अमेरिकी एमसीसी बोर्डको स्वीकृति नलिई केही गर्न पाउँछ ? नेपाल सरकारलाई एमसीसी बोर्डले बाँध्ने छ भनेको के हो ? के सरकारले गठन गरेको संयन्त्र सरकार भन्दा माथि हुन्छ ? के नेपाल सरकारलाई परियोजना अनुगमन गर्ने अधिकार छ ? परियोजनाले ओगटेको जमिन, जस्तै ट्रान्समिसन लाइन र बाटो बनाएको जमिनमा परियोजनाको एकाधिकार कायम गरिएको छ । त्यो जमिन अरुलाई प्रयोग गर्न दिंदा नेपाल सरकारले एमसीसीको अनुमति लिनुपर्ने भएपछि नेपालले अब उप्रान्त अमेरिकासँग सोधेर बाटो मर्मत गरांै कि नगरांै भन्ने ? यति बुझ्ने मानिस पनि छैनन् सरकारसँग ?

    ४. यो परियोजना अमेरिकी लगानी हो वा सहायता ? लगानी हो भने किन लगानी बोर्डमा लगिएन ? यस्ता लगानीका सम्झौता संसदमा लैजाने हो भने भोलि चीन र भारतबाट आउने सबै लगानी सम्झौता संसदमा लैजान्छ सरकारले ?

    देशलाई अप्ठ्यारोमा हाल्ने खेलको गोटी किन बन्दैछन् राजनीतिक दलहरू ? नेपाललाई जबर्जस्ती विवाद र अन्तर्राष्ट्रिय खेलमा किन ठेलिंदैछ ? के एमसीसी र चीनसँगको सीमा विवाद केवल संयोगमात्र हो ? आफैं आगोमा फालहाल्दैछन् नेपालमा, राजनीति गर्नेहरू ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images