Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

देउवालाई मन्त्री बनाउन झमेलामाथि झमेला, प्रधानन्यायाधीश राणाले पनि भाग खोजे !

देउवालाई मन्त्री बनाउन झमेलामाथि झमेला, प्रधानन्यायाधीश राणाले पनि भाग खोजे !

नेपाल फेस

भदौ १०, २०७८ बिहीबार
  • 65.8K
    SHARES

  • देउवालाई मन्त्री बनाउन झमेलामाथि झमेला, प्रधानन्यायाधीश राणाले पनि  भाग खोजे !

    काठमाडौं । नेकपा(एमाले) बिभाजन भएर नयाँ पार्टी गठन भएपछि अब मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । मन्त्रिपरिषदमा एमालेबाट विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले पनि ५ मन्त्रालय पाउने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेबाहेकका सबै शक्तिलाई सरकारमा सामेल गरी बाँकी रहेको डेढ बर्षे कार्यकाल सरकार संचालन गर्ने नीति लिएका छन् । त्यसका लागि उनले जनता समाजवादी दलबाट विभाजित महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई पनि सरकारमा ल्याउने भएका छन् ।

    एमाले बाहेकका नेपाली कांग्रेस र माओवादी केन्द्र त सरकारमै छन् । माधव नेपाल, जसपा र लोसपालाई सरकारमा ल्याउनै लाग्दा प्रधानमन्त्री देउवामाथि अर्को झमेला थपिएको छ । 
    देउवा नेतृत्वको सरकारमा एमाले बाहेकका ५ वटा पार्टीले मात्र होइन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समेत मन्त्रीको हिस्सा माग गरेपछि देउवा तनावमा परेको स्रोतको दाबी छ ।

    पछिल्ला दिनमा प्रधानन्यायाधीश राणाको कोटामा पनि एक मन्त्री हुने चर्चा राजनीतिक बृत्तमा भइरहेको छ । राणाको कोटामा मन्त्री हुने चर्चामा रहेका पात्रहरुमा धादिङको केपी सिमेन्ट उद्योगका संचालक केशवप्रसाद उप्रेती (केपी) एक हुन् । राणाले सम्धी डा. तिलक रावललाई अर्थमन्त्री नै बनाउन दबाब दिएको चर्चा पनि छ । अदालतमा ठूला ठूला ब्यापारिक सरोकारका मुद्दाका बीचौलिया दीपक तिमल्सिना पनि आफूलाई प्रधानन्यायाधीश राणाले संचार तथा सूचना प्रविधि मन्त्री बनाउने हल्ला चलाउँदै हिंडेका छन् । 

    उप्रेती राणाका भिनाजु नाता पर्ने ब्यक्ति हुन् । डा. तिलक रावल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । उनी १० रुपैयाँका पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर राणा प्रधानन्यायाधीश हुनासाथ फाष्टट्रयाकमा उक्त मुद्दा फैसला गरी रावलसहितका दोषीलाई क्लीनचिट दिइएको थियो ।  रु. १० का  पोलिमर नोट अष्ट्रेलियामा छापिएको थियो । गुणस्तरहीन नोट छपाई गरेको खुलासा भएपछि अष्ट्रेलियाले नोट छाप्ने मुद्रण उद्योगलाई कारबाही गर्यो । र, नेपाल राष्ट्रबैंकका अधिकारी र नेपाली एजेन्टमाथि कारबाही गर्न पत्र पठाएपछि अख्तियारले लामो समयपछि मुद्दा दायर गरेको थियो ।

    अष्ट्रेलियाले नोट छपाईमा भ्रष्टाचार भएको देख्यो, आफ्नो देशका दोषी अधिकारीलाई कारबाही गर्यो । तर नेपालले रावलमाथि बल्लतल्ल मुद्दा दायर गरेको थियो । त्यो पनि केही महिनामै विशेष अदालतले रावलसहित सबैलाई सफाइ दिइसकेको छ ।

    यसअघि ओली सरकारको पालामा पनि राणाले भिनाजु पर्ने उप्रेती र किया मोटरका संचालक सुहृद घिमिरेलाई मन्त्री बनाउन खोजेको कुरा चर्चामा आएको छ । उप्रेती सिमेन्ट उद्योग संघका महासचिव समेत हुन् ।

     ओलीले सत्ताबाट बहिर्गमनपछि एमालेका नेताहरुसँग राणाले उप्रेती र घिमिरेलाई मन्त्री बनाए प्रतिनिधिसभा बिघटन सदर गर्ने सन्देश पठाएका थिए । आफूले उनीहरु दुवैलाई मन्त्री बनाउन नसक्ने जवाफ दिएपछि असार २८ मा परमादेश जारी गरी आफूलाई हटाइएको कुरा सुनाएको एक एमाले नेताले नै खुलाएका छन् ।

    यद्यपि ओलीले नै ब्यापारी सुहृद घिमिरेकी पत्नी रेखा घिमिरेलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्ड सदस्यमा नियुक्ति गरेका छन् । सुहृद घिमिरेले बालाजु औद्योगिक क्षेत्रको दसौं रोपनी जग्गा बर्षौदेखि कौडीको मूल्यमा लिजमा लिएका छन् । र, भाडा बढाउन समेत दिएका छैनन् । मातृका यादव मन्त्री हुँदा उनका स्वकीय सचिव सन्तोष बिष्टलाई घुस दिएर औद्योगिक क्षेत्र ब्यवस्थापन समितिलाई भाडा नै बढाउन दिएका छैनन् । ब्याट्री कम्पनीको १३ रोपनीभन्दा बढी सरकारी स्वामित्वको जग्गा पनि सुहृद घिमिरेले हत्याउन खोजेका छन् । घिमिरे ठमेलको छायाँ सेन्टरका पनि लगानीकर्तामध्येका एक हुन् ।

    ललिता निवास क्याम्पको सरकारी जग्गा दर्ता गर्ने नाइकेहरुमा पर्दछन् सुहृद घिमिरे । उनले सासुआमा इन्दु शर्मा र श्रीमती रेखा घिमिरेका नाममा ललिता निवासको १३ रोपनीभन्दा बढी जग्गा जम्मा आनामा ५१ हजारमा किनेको देखाई अतिक्रमण गरेको जग्गाधनी पूर्जाको फोटोकपी नै सार्वजनिक रुपमा मिडियामा आइसकेको छ ।

    कन्टिनेन्टल ट्रेडिङका संचालक सुहृद घिमिरेका ब्यापारीक साझेदार  पुरुषोत्तम पौड्यालले ब्रिटिश भर्जिन आयरल्याण्डबाट नेपालमा  कालोधन ल्याएको सार्वजनिक भइसकेको छ । 

    बिचौलिया दीपक तिमिल्सिना रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको रजिष्टार हुँदा आइटीमा काम गर्ने सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए । तर आइटीको कर्मचारी उनी सर्वोच्च अदालतका न्यायाधीशका घरघरमा पहुँच पुर्याएर कुख्यात बिचौलियाका रुपमा उदाए । सर्वोच्च अदालतमा सूचना प्रविधिका सामान्य कर्मचारी हुँदै ८ बर्षमै रहस्यमय ढंगले बीचौलियाको धन्दाबाट करोडौंपति भएका तिमिल्सिना उपेन्द्र महतोका निकट भएका थिए । अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेतसँग मिलेर ठूला उजुरीमा डिल गर्थे ।

    कुनै समय स्मार्ट टेलिकममा सेयर हत्याउन किर्ते काम गरेर बद्नाम भएका थिए तिमिल्सिना । 
    कल्याण श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएपछि भ्रष्टाचारको आरोप लगाउँदै तिमल्सिनालाई सर्वोच्चको सेवाबाट हटाइएको थियो । त्यसपछि तिमल्सिना रसियन खर्बपति व्यापारी भएपनि कर, भ्याट छल्ने धन्दा गर्दै आएका उपेन्द्र महतोको सम्पर्कमा पुगेका थिए ।
    यसबीचमा भारतीय नाकाबन्दीका समयमा २०७२ पुसमा इन्धन अभावको समयमा तिमल्सिनाले पूर्वराजाका ज्वाई राजबहादुर सिंहसँग मिलेर मालिका पेट्रोलियम प्रालि खोलेका थिए । जसको अध्यक्ष उनै भएका थिए । पेट्रोलियम पदार्थको दीर्घकालीन आयात, भण्डारण र कारोबारका लागि आयल निगमले मालिकालाई स्थायी अनुमति दिएको थियो ।

    त्यसैक्रममा तिमल्सिनाको आयल निगमका एमडी गोपालबहादुर खड्कासँग विशेष सम्बन्ध कायम भएको थियो । बानेश्वर बत्तीसपुतलीमा सामान्य डेराको जीवनयापन गर्ने दीपक तिमल्सिना आज कलंकीमा घर र गाडीदेखि विभिन्न कम्पनीका संचालक, सेयरहोल्डर र बीसौं करोडका मालिक बन्न सफल भएका छन् । उनी टेल्को इन्भेष्टमेन्ट प्रालिका कार्यकारी निर्देशक, इन्टरनेशनल स्कुल अफ लका निर्देशक तथा सस्थापक, मालिक पेट्रोलियम र मेट्रो नेपाल(काठमाडौं मेट्रो रेल कम्पनी) का कार्यकारी निर्देशक भन्ने गर्दछन् ।  

    प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले २ पटकसम्म प्रतिनिधिसभाको पुनस्थापना गर्ने फैसला गरेपछि उनले सत्तामा बस्नेहरुसँग हरेक नियुक्तिमा कोटा खोज्ने गरेका छन् । यसअघि नेकपाभित्रको झगडाको फाइदा उठाउँदै संवैधानिक आयोगहरुमा करिब २० जनालाई नियुक्ति गराए । समावेशी आयोग र मानवअधिकार आयोगमा त सभापति नै राणाले नियुक्त गर्न सफल भए । सौताको रिसले पोईको काख... जस्तै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको रिसले राणा र देउवालाई दिए । आखिरमा राणाले परमादेश दिएर उनलाई सत्ताबाटै पदच्यूत गरिदिए । देउवा प्रधानमन्त्री भए । अहिले प्रधानमन्त्री देउवासँग परमादेशका आधारमा प्रधानमन्त्री बनाएकाले रावल, उप्रेती वा तिमल्सिनामध्ये एकलाई मन्त्री बनाउन दबाब बढाइरहेका छन् । 

    सम्बन्धित समाचार