Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

अर्थमन्त्री शर्माले कनिष्टलाई रोज्दा, राजस्व सचिव र महालेखा नियन्त्रक हुन कोही तयार भएनन्  

अर्थमन्त्री शर्माले कनिष्टलाई रोज्दा, राजस्व सचिव र महालेखा नियन्त्रक हुन कोही तयार भएनन्  

नेपाल फेस

भदौ १, २०७८ मंगलबार
  • 17.5K
    SHARES

  • अर्थमन्त्री शर्माले कनिष्टलाई रोज्दा, राजस्व सचिव र महालेखा नियन्त्रक हुन कोही तयार भएनन्  

    काठमाडौं । अर्थमन्त्रालयको राजस्व सचिव रिक्त भएको एक हप्ता भन्दा बढी भइसकेको छ । मधु मरासिनीलाई अर्थ सचिवमा लगिएपछि महालेखा नियन्त्रक पद पनि रिक्त छ । तर यी दुवै पदका लागि सरकारले सचिव पाउन सकेको छैन ।

    मरासिनी कनिष्ट भएकाले राजस्व सचिवमा उनी मातहत बरिष्ठ सचिव जाने अवस्था छैन । अर्थमन्त्रालयमा कनिष्ट सचिवलाई जिम्मेवारी दिंदा महालेखा नियन्त्रक हुने विशिष्ट श्रेणीको कर्मचारी पनि कोही भेट्टाउन सकेको छैन ।

    अर्थमन्त्री जनार्दन शर्माले महालेखा नियन्त्रक मरासिनीलाई अर्थमन्त्रालयमा लगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा केवल भण्डारी, लक्ष्मण अर्यालमध्येका बरिष्ठ सचिवलाई अर्थमन्त्रालयको सचिवमा लानुपर्ने पक्षमा थिए । तर मन्त्री शर्माले आफ्नो मन्त्रालयमा आफूले रोजेको सचिव लान पाउनुपर्ने ढिपी गरेकाले देउवा गल्न पुगेका थिए । प्रधानमन्त्री देउवालाई थर्काएरै कनिष्ट सचिव मरासिनीलाई अर्थको बागडोर सुम्पिदा मन्त्रालयको राजस्व सचिव र महालेखा नियन्त्रक बनाउने सचिव फेलापार्न सरकारले सकेको छैन । मरासिनी १ बर्षअघि २०७७ साउन १३ मा सचिव बढुवा भएका हुन् ।

    बरिष्ठ सचिवलाई अर्थमन्त्रालयको सचिव बनाएको भए राजस्व सचिव र महालेखा नियन्त्रकका लागि धेरै सचिव दाबेदार हुने थिए । तर कनिष्ट सचिव मरासिनीलाई लानैपर्ने शर्माको जोडबलका कारण अर्थका दुई निकायमा जाने सचिव नभेटिएका हुन् ।

    शर्माले रोजेका कनिष्ट सचिव मरासिनी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका भान्जीज्वाई हुन् । पौडेलको भान्जीज्वाई भएकै कारण उनलाई महालेखा नियन्त्रक बनाइएको बिषयमा यसअघि नै नेपाल फेसले उजागर गरिसकेको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images