Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

न्याय सेवाद्वारा दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवा

न्याय सेवाद्वारा दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवा

नेपाल फेस

साउन ३२, २०७८ सोमबार
  • 19.9K
    SHARES

  • न्याय सेवाद्वारा दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवा

    काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । 

    आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । 

    बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।

    त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।  उक्त इजलासमा कार्यरत रजिस्ट्रार  ठगिन्द्र कट्टेललाई पाटनमा सरुवा गरिएको बताइएको छ ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images