Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

करोडपति सुब्बालाई सम्पत्ति शुद्धिकरणको पत्र, प्रमुख प्रशासकीय अधिकृतको अकूत सम्पत्तिमा विभाग मौन

करोडपति सुब्बालाई सम्पत्ति शुद्धिकरणको पत्र, प्रमुख प्रशासकीय अधिकृतको अकूत सम्पत्तिमा विभाग मौन

नेपाल फेस

साउन २७, २०७८ बुधबार
  • 23.3K
    SHARES

  • करोडपति सुब्बालाई सम्पत्ति शुद्धिकरणको पत्र, प्रमुख प्रशासकीय अधिकृतको अकूत सम्पत्तिमा विभाग मौन

    काठमाडौं । स्थानीय तहका कर्मचारीहरुको आवधिक सरुवाको ब्यवस्था नहुँदा भ्रष्टाचारको ग्राफ बढिरहेको छ । स्थानीय निकायका कर्मचारीहरु कतिसम्म भ्रष्ट छन् भन्ने कुरा काठमाडौं महानगरपालिकाका नायबसुब्बास्तरका कर्मचारीको सम्पत्ति छानबि गर्ने हो भने प्रष्ट हुनेछ । यस्तै करोडपति होइन, करोडौंका मालिक हुन् सुब्बा सुदर्शन भट्टराई । उनी काठमाडौैं महानगरपालिकाका सुब्बा हुन् । तर उनले महानगरको जिन्सी शाखामा बसी भ्रष्टाचार गरेर करोडौं सम्पत्ति आर्जन गरेको उजुरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा परेको छ । विभागले उनको नाममा पत्र नै काटेपछि करोडपछि सुब्बालाई सम्पत्ति लुकाउन हम्मेहम्मे परेको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका प्रियपात्र हुन् भट्टराई ।

     महानगरको १० औं अर्ब स्रोत साधनमा ज्ञवाली र भट्टराईहरुकै ब्रम्हलुट हुँदैआएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विशिष्ट श्रेणीको दरबन्दी काटिएपछि भ्रष्टाचारको ग्राफ ह्वात्तै बढेको छ । जहिलेदेखि सहसचिव राजेश्वर ज्ञवाली प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसे, त्यतिबेलादेखि महानगर कुशासन र भ्रष्टाचारले ग्रस्त छ । यादव कोइराला र एकनारायण अर्यालले महानगरमा सुशासन कायम गर्नका लागि प्रयास गरे पनि ज्ञवाली आएपछि सबै सीमाहरु भत्काएर महानगरको दोहन गर्ने र खल्ती भर्ने अभियानमा सबैको मतऐक्य रहेको स्रोत बताउँछ ।

     महानगरका हरेक इकाईमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो सेटिङ सञ्जाल तयार गरेको जनप्रतिनिधिहरुको आरोप छ । महानगर स्रोत भन्छ, प्रम्ुख प्रशासकीय अधिकृतको सेटिङमा पहिलो नम्बरमा पर्दछन्, जिन्सीका प्रमुख सुदर्शन भट्टराई । छैटौं तहका कर्मचारी भट्टराईले महानगरको गाडी सुविधा उपयोग गर्दछन् । भट्टराई जिन्सीमा बसेको ६ बर्ष बढी भइसकेको छ । मेयर विद्यासुन्दर शाक्यलाई पनि खुसी पारी उनी जिन्सीमा रजगज गरी करोडौं रुपैयाँ आर्जन गरेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको स्रोत बताउछ । विभागले महानगरमा उनको सम्पत्ति विवरणका बारेमा जानकारी माग गरेको  छ ।

    जिन्सी भनेको महानगरको सुनखानी नै मानिन्छ । त्यहाँ खरिदमा करोडौं करोडको चलखेल हुने गर्दछ । नियममित प्रक्रिया नपु¥याई करोडौं भुक्तानी हुने गरेको स्रोतको दावी छ । महानगर स्रोत भन्छ, शक्ति केन्द्रमा फर्निचरदेखि विभिन्न सामानहरू यही जिन्सी शाखाबाट उपहारस्वरुप जाने गर्दछन् । पूर्व प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले जिन्सीबाट बिल भुक्तानी हुनेगरी काठमाडौंमा बनाएका आफ्ना घरहरूमा मात्र होइन, नातागोताका घरमा समेत कार्पेटदेखि फर्निचर महानगरकै बजेट खर्च गरेर पु¥याउने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको स्रोत बताउछ । तर दीप बस्नेत प्रमुख आयुक्त हुँदा कार्कीले उनलाई खुसी पारी उजुरी नै तामेलीमा हाल्न सफल भएको स्रोतको दावी छ । स्रोतका अनुसार, मुद्दा नै दर्ता हुने भनिए पनि बस्नेतले कार्कीसँग भेटेपछि तामेलीमा हालिदिएका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका प्रमुख विश्वासपात्र सुदर्शन भट्टराईलाई मेयरले पनि अति नै पुल्पुल्याएर राखेका छन् । यसअघि एकनारायण अर्यालले उनलाई सरुवा गर्न खोज्दा मेयर शाक्यले नै रोकेका थिए । उनी ५ वर्षदेखि जिन्सीका हाकिम रहेको कर्मचारी स्रोत बताउछ । जिन्सीमा कार्यरत रहेर उनले करोडौं करोडको सम्पत्ति जोडेको उजुरीमा सम्पत्ति शुद्धीकरण विभागले महानगरमा सोधीखोजीका लागि पत्र पठाएको छ । उक्त पत्र २०७८ असार २८ मै महानगरमा आएको छ । सम्पत्तिको पत्र आएपछि तनावमा परेका महानगरका करोडपति सुब्बा भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले ढाडस दिएको चर्चा पनि छ ।

      महानगरमा जिन्सीमा बसेर करोडौं आर्जन गरेको आरोप खेप्दै आएका सुदर्शन भट्टराईको अथाह सम्पत्तिमा ध्यान पुग्न नसकेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागदेखि अख्तियारसम्म उजुरी परेको थियो  । सुदर्शन भट्टराई २०७२ साउन २० गतेदेखि महानगरको जिन्सी प्रमुखका रुपमा कार्यरत छन् ।

      सामान्यतया दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । महानगरमा शाखा परिवर्तन हुन्छ । तर उनी ५ वर्षदेखि जिन्सी शाखाको हाकिमका रुपमा ढलीमली गर्दै आएका छन् । उपसचिवदेखि माथि मात्र गाडी सुविधा सरकारले प्रदान गर्ने भएपनि सुब्बा स्तरका भट्टराईले महानगरको गाडी सुविधा लिएर दुरुपयोग गर्दै आएको आरोप छ ।

    जिन्सीका करोडपति नासु भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले च्यापेको आरोप छ । ज्ञवाली रघुवीर महासेठले सिंचाई मन्त्री हुँदा उनलाई कांग्रेसको कार्यकर्ता हुन् भन्ने जान्दाजान्दै निजी सचिव बनाएका थिए । महासेठ २०७४ फागुन ३ गते गठन भएको वर्तमान केपी ओली सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि ज्ञवालीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा लगेका थिए ।

    ज्ञवालीले भ्रष्ट पृष्ठभूमिका इन्जीनियर र डीईहरूको सरुवामा साथ दिएको आरोप पनि लागेको थियो  । तर जुली महतो र ज्ञवालीहरूको सेटि¨मा  डीईहरूलगायतको सरुवा मालदार प्रोजेक्टमा गर्दा मन्त्री महासेठ बद्नाम भएर मन्त्रिपरिषदको हेरफेरमा बर्खास्तीमा परेका थिए । महासेठको बर्खास्तीपछि आएका भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले ज्ञवालीलाई कर्मचारी प्रशासन महाशाखाबाट हटाएपछि महानगरपालिकामा आएका थिए । महानगरमा त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणीका सचिव एकनारायण अर्याल थिए । अर्यालको सरुवापछि तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रभावमा पारी ज्ञवालीले विशिष्ट श्रेणीको दरबन्दी काटेर सहसचिवको दरबन्दी कायम गरी आफैं प्रमुख प्रशासकीयका रुपमा हालीमुहाली गर्दैआएका छन् । 

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images