Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

अर्थमन्त्री शर्मासामु प्रधानमन्त्री निरीह, भाञ्जीज्वाइँको प्रवेशपछि सबै हिस्स 

अर्थमन्त्री शर्मासामु प्रधानमन्त्री निरीह, भाञ्जीज्वाइँको प्रवेशपछि सबै हिस्स 

नेपाल फेस

साउन २५, २०७८ सोमबार
  • 269.3K
    SHARES

  • अर्थमन्त्री शर्मासामु प्रधानमन्त्री निरीह, भाञ्जीज्वाइँको प्रवेशपछि सबै हिस्स 

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा निरीह साबित भएका छन् । अर्थ मन्त्रालयको सचिवमा कांग्रेस भएकै कारण खेदाईमा परेका केवल भण्डारीलाई पठाउने योजनामा प्रधानमन्त्री देउवा थिए । तर अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमा आफूले चाहेअनुसारको सचिव लैजान्छु भन्दै उपसचिवदेखि सहसचिवसम्मका कर्मचारी सरुवामा हस्तक्षेप नगर्न आग्रह गरे ।

    शर्माका अगाडि प्रधानमन्त्री देउवाको केही चलेन । शर्माले भनेबमोजिम नै कनिष्ठ सचिव मधु मरासिनीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन उनी बाध्य भए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनका सल्लाहकार प्राडा. श्रीराम पौडेलका भाञ्जीज्वाईं मरासिनीलाई सचिव बनाउने शर्माको ढिपीका अगाडि प्रधानमन्त्रीको जोड चलेन । पौडेल राष्ट्रबैंकमा दुई कार्यकाल संचालक पनि नियुक्त भएका थिए । 

     मरासिनी कांग्रेसी पृष्ठभूमिका सचिव भएपनि माओवादीका हरेक अर्थमन्त्रीका सल्लाहकार श्रीराम पौडेलका ज्वाईं भएकाले महालेखा नियन्त्रकबाट अर्थ मन्त्रालयको सचिव हुने सौभाग्य पाएका छन् । यसअघि वर्षमान पुन अर्थमन्त्री हुँदा उनकै लागि अमेरिकामा कन्सुलेट जनरल पद सिर्जना गरी पठाइएको थियो । 

    माओवादीका तर्फबाट शर्मा अर्थमन्त्री भएपछि उनलाई अर्थको बागडोर सुम्पिएको छ । प्रधानमन्त्रीलाई नै थर्काएर जनार्दनले मरासिनीलाई अर्थको बागडोर सुम्पिँदा सिनियर र केपी शर्मा ओलीको कार्यकालमा पेलिएको महसुस गरेका योजना आयोगका सचिव केवल भण्डारी, लक्ष्मण अर्यालहरु हिस्स परेका छन् । 

    यसैबीच अर्थ मन्त्रालयको राजश्व सचिवबाट केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कांगे्रसको निकट भनि प्रधानमन्त्री कार्यालयमा तानिएका शिशिरकुमार ढुंगानालाई केही महिनामै अर्थमै पठाइएको थियो । प्रधानमन्त्री कार्यालयमा हुँदा सी जिनपिङको भ्रमणमा रातिसम्म खटेर मेहनत गरेको देखेपछि ओलीले उनलाई अर्थ मन्त्रालयमा पठाएका थिए । ढुंगानालाई यति छिटै देउवा सत्तामा कमब्याक होलान् भन्ने विश्वास पनि भएन ।

      ढुंगाना अर्थमा पुनः फर्किएपछि उनले यसबीचमा देउवाको फोनसमेत रिसिभ गरेनन् । त्यही इगोका कारण पीएम देउवाले ढुंगानालाई सरुवा गर्ने पक्षमा थिए तर उनले केवल भण्डारीलाई अर्थमा लैजाने चाहना राखेका थिए । कांग्रेसका धेरै नेताहरुले पनि भण्डारीकै पक्षमा लबिङ गरेका थिए तर अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमा हस्तक्षेप स्वीकार्य नहुने भनेपछि प्रधानमन्त्रीले उनले भनेकै मरासिनीलाई अर्थमा पठाए ।

    ढुंगाना प्रधानमन्त्री देउवासँगको सम्बन्ध पुनर्जागरित गर्नका लागि दिनरात लागेका छन् । उनले देउवाका साला भूषण राणालाई ‘मेरो फोन त्यो बेला ट्यापिङ गरिएको थियो, को–को सँग कुरा हुन्छ त्यसको जानकारी बालुवाटारले लिने गरेको थियो । त्यसैकारण प्रधानमन्त्रीको फोन रिसिभ नगरेको हो । म कांग्रेसकै मान्छे हुँ । मलाई मुख्यसचिव बनाउन सहयोग गर्नुप¥यो’ भन्दै हारगुहार गर्न थालेको चर्चा छ । सिंहदरवारमा चलेको चर्चा अनुसार, शंकरदास बैरागीलाई राजदूत बनाएर आफूलाई मुख्यसचिव बनाउनका लागि उनी प्रयासरत छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री ओलीले ढुंगानालाई बैरागीलाई एक वर्षमा राजदूत बनाएर मुख्यसचिव बनाउने आश्वासन दिएका थिए ।

     ओली सरकार अदालतको आदेशले पदमुक्त भएपछि ढुंगानाको त्यो दाउ पूरा नहुने भएपछि उनी प्रधानमन्त्री देउवाका साला राणाको शरणमा पुगेको कर्मचारीहरु चर्चँ गर्दछन् । ओली सरकारले गरेका राजदूतहरु देउवाले फिर्ता गर्ने तयारी गरेका छन् । फिर्ता गरिने राजदूतको सूचीमा अमेरिकाका डा.युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मीसमेत छन् । वैरागीलाई अमेरिका वा बेलायत पठाएर भएपनि मुख्यसचिव बन्ने दाउमा शिशिर छन् । राणालाई प्रभावमा पारी देउवाको शासनमा पनि उनी मुख्यसचिव हुने दाउमा लागेका छन् । 

    ओली सरकारले गएको २०७७ फागुनदेखि बजेट जथाभावी रकमान्तर गरी मनपरी ढंगले खर्च गर्दा ढुंगानाले भरपूर साथ दिएका थिए । उनले मन्त्रालयको भ¥याङमा, बाटामा, जहाँ प्राप्त भयो त्यही रकमान्तरको निवेदनमा सही गरिदिने गरेको आरोप छ ।

      ओलीको संगठन विस्तार गर्न राज्यस्रोतको दुरुपयोगमा ढुंगानाले साथ दिएको आरोप पनि लगाइएको स्रोत बताउछ । स्रोत भन्छ, देउवा आएपछि उनी आफू विगतमा आरजु राणाले भनेबमोजिम नै चल्ने गरेको भन्दै शक्तिकेन्द्र गुहार्न लागेका छन् । विगतमा एनसेलको लाभकर छलीमा सहयोग गर्नका लागि उनलाई कांग्रेसले नै अर्थमन्त्रालयमा लगेको थियो । उखु किसानका लागि राज्यले दिएको भ्याट फिर्ताको ६ अर्ब रकम शशीकान्त अग्रवाल र ढुंगाना मिलेर दुरुपयोग गरेको आरोप पनिा लागेको छ । डा.युवराज खतिवडा अर्थमन्त्री भएपछि उखु किसानका नाममा दिइएको भ्याट छुट दुरुपयोग भएपछि नदिने निर्णय गरेको अर्थ स्रोत बताउँछ । साँघु साप्ताहिकबाट 

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images