Logo
  • शुक्रबार, असोज १४ २०७९Sep 30 2022

सुनसरीमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

सुनसरीमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

images
images

नेपाल फेस

साउन २४, २०७८ आइतबार
  • 26.8K
    SHARES

  • सुनसरीमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

    सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । 

    images

    बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । 

    सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ​माधवप्रसाद काफ्लेले बताए । खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो ।

    घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पुर्याकामा चिकित्सकले मृत घोषणा गरेको डीएसपी काफ्लेले बताए । ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

    सम्बन्धित समाचार