Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

गृहमन्त्री खाँडलाई गुण्डानाइके गुरुङको बधाई

गृहमन्त्री खाँडलाई गुण्डानाइके गुरुङको बधाई

नेपाल फेस

साउन ११, २०७८ सोमबार
  • 146.8K
    SHARES

  • गृहमन्त्री खाँडलाई गुण्डानाइके गुरुङको बधाई

    पोखरा  । पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दामा संलग्न गुण्डानाइके ललित गुरुङले मन्त्री निवास पुल्चोकमै गएर आइतबार बिहान गृहमन्त्री बालकृष्ण खाँडलाई बधाई दिएका छन् । उनले मन्त्री निवासमा गएर बधाइ दिएको तस्वीर र भिडियो नै फेसबुकमा राखेका छन् । गृहमन्त्री खाँडले पृष्ठभूमि नै नबुझी प्रहरीले गुण्डनाइकेसँग भेटेर फोटो खिचाएका छन् । प्रहरीलाई आक्रमण समेत गरेको आरोप लागेका ललित गुरुङले गृहमन्त्री खाँडसँग खिचेको तस्वीर सामाजिक संजालमा राखी उनलाई विवादमा पारिदिएका छन् ।

     गुरुङ २०७४ चैत २५ मा ‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली गरेको आरोपमा पक्राउ परेका थिए ।  जिल्ला प्रहरी कार्यालय कास्कीले ललितलाई पक्राउ गरेको थियो । ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको थियो । ‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी, हातहतियार तथा चन्दाअसुली धन्दा चलाउँदै आएका गुरुङ यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।

    गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ । मिटर ब्याजमा पैसा लगाउनेमा पनि उनी सामेल भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी प्रहरीले दिएको थियो ।

    गुण्डागर्दीमा संलग्न गुरुङ पछिल्लो समयमा राजनीतिक आवरणमा संरक्षित हुँदै आएका छन् ।  उनी तरुण दल लमजुङका सभापतिसमेत भइसकेका छन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए । 

    ललित गुरुङको एलजी ग्रुपका दिलवहादुर गुरुङ ‘दिले’ प्रशान्त गुरुङ अबैध हतियार देखाएर असुली गरेको अभियोगमा पटक पटक पक्राउ परी छुट्दै आएका छन् ।

    ललित गुरुङसहित १० जनालाई २०७५ साउनमा जिल्ला प्रशासन कार्यालयले गुण्डागर्दी, हप्ताअसुली र मिटर ब्याजमा संलग्न भएको भन्दै २५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैदसंजाय तोकेको थियो ।

    Screenshot (44).png

    सम्बन्धित समाचार