Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

कांग्रेस क्रियाशील सदस्यता विवादः केन्द्रीय कार्यालय परिसर धर्नाकारीको कब्जामा

कांग्रेस क्रियाशील सदस्यता विवादः केन्द्रीय कार्यालय परिसर धर्नाकारीको कब्जामा

नेपाल फेस

साउन ९, २०७८ शनिबार
  • 3.2K
    SHARES

  • कांग्रेस क्रियाशील सदस्यता विवादः केन्द्रीय कार्यालय परिसर धर्नाकारीको कब्जामा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय धर्नाकारीले कब्जा गरेका छन् । नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

    नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिद्वारा बाराका हजारौं कार्यकर्ता १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने प्रयास तत्काल रोक्न माग गरिएको छ ।

    NC 2.jpg

     बाराका १ देखि ४ वटै निर्वाचन क्षेत्रका हजारौं कार्यकर्तालाई क्रियाशील सदस्यताबाट बन्चित गरिएको भन्दै केन्द्रीय कार्यालयमा धर्नामा बसेकाहरुको गुनासो छ ।

    नेपाली कांग्रेसले बारा र सप्तरीमा क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी छ । बारा कांग्रेसका नेता राधेचन्द्र यादव र फर्मुल्लाह मन्सुरले पुराना नेता कार्यकर्तालाई पनि क्रियाशील सदस्यताबाट बन्चित गरिएको धर्नाकारीहरुको दाबी छ । तर यादव र मन्सुर पक्षले भने स्थानीय निर्वाचनमा पार्टीलाई हराउन लागेकाहरुलाई अनुशासननको कारबाही गरिएकाले उनीहरुलाई मात्र क्रियाशील सदस्यता नदिइएको दाबी गरेका छन् ।

    यादव र मन्सुर पक्षले उनीहरुले १०–२० जना काठमाडौंमा लगेर धर्ना दिएका छन्, धर्नाकै कारण क्रियाशील सदस्यता रोकिए आफूहरु हजारौंको भीड केन्द्रीय कार्यालयमा लगेर देखाइदिने धम्की केन्द्रीय नेताहरुलाई दिइसकेका छन् । यादव र मन्सुर पक्ष पनि केन्द्रीय कार्यालयमा धर्ना दिन आउने तयारीमा छ । अर्को पक्ष पनि आएमा कांग्रेस कार्यालयमा झडप हुने खतरा देखिएको छ ।

     

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images