Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

नेपाल भन्छन् : ‘हिजो महामहिमद्वारा आममाफी दिएँ भन्ने हुकुम बक्स भएछ, आफैं गल्ती गर्ने आफैं माफी दिने ?’

नेपाल भन्छन् : ‘हिजो महामहिमद्वारा आममाफी दिएँ भन्ने हुकुम बक्स भएछ, आफैं गल्ती गर्ने आफैं माफी दिने ?’

नेपाल फेस

साउन ८, २०७८ शुक्रबार
  • 2.4K
    SHARES

  • नेपाल भन्छन् :  ‘हिजो महामहिमद्वारा आममाफी दिएँ भन्ने हुकुम  बक्स भएछ, आफैं  गल्ती गर्ने आफैं  माफी दिने ?’

    काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफै गल्ती गर्ने आफै माफी दिने उहाँमा पार्टीभित्रको अन्तरसंघर्षलाई समाधान गर्ने हैसियत छैन भन्दै टिप्पणी गरेका छन् ।

    पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बाेल्दै नेता नेपालले भने- ‘हिजो महामहिमले माधव नेपालसहितलाई आममाफी दिएँ भन्ने हुकमबक्स भएछ’ नेता नेपालले भने ‘कम्यूनिष्ट आन्दोलन, र जनताको भरोषा तोड्नेले नै आममाफी दिने ? उहाँमा कम्यूनिष्ट ब्यवहार छैन, पार्टीभित्रको अन्तरसंघर्षलाई समाधान गर्ने हैसियत पनि छैन ।’ 

    विहीबार तुल्सीलाल प्रतिस्ठानबाटै ओलीले माधव नेपालसहितका नेताहरुलाई आममाफी दिएको उद्घोष गरेका थिए । ‘गल्ती गर्ने ओली माफी दिने पनि ओली’ भन्दै चौतफी विरोध भइरहेका बेला नेता नेपालले ओलीलाई ‘महामहिम’ को संज्ञा दिएका छन् । 

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images