Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

बाबुरामको ट्वीटमा खनिए रामचन्द्र र कमल, 'उरन्ठ्याउलो बुद्धि'देखि कहालीलाग्दो प्रश्नको ओइरो

बाबुरामको ट्वीटमा खनिए रामचन्द्र र कमल, 'उरन्ठ्याउलो बुद्धि'देखि कहालीलाग्दो प्रश्नको ओइरो


बाबुरामको ट्वीटमा खनिए रामचन्द्र र कमल, 'उरन्ठ्याउलो बुद्धि'देखि कहालीलाग्दो प्रश्नको ओइरो

काठमाडौं। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै गठबन्धन यात्राको सहयोगी दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि उरन्ठ्याउलो बुद्धि भएको टिप्पणी गरेका छन्। 

सामाजिक संजाल ट्वीटरमा कांग्रेस नेता पौडेलले नेपाली सामाज आस्थामाथि बाबुरामले गम्भीर आघात पुर्‍याउने कामसमेत गरेको दाबी गरेका छन् । उनले यस्तो उरन्ठ्याउलो बुद्धिले नेपाली समाज कही नपुग्ने तर्क गरेका छन्।

ट्वीटरमा उनले  लेखेका छन्, ''हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउदैन।'

यसअघि के भनेका थिए बाबुरामले?

बुधबार बिहान बकर इदको दिन बाबुरामले एक फोटो ट्वीटरमा शेयर गरेको फोटोमा योगी आदित्यनाथले नदीमा दुध अर्पण गरिरहेका छन् । क्यापसनमा भने दुध फाल्ने र गहुत खाने विश्वास डरलाग्दो हो भनी लेखिएको छ । यही क्याप्सनसहितकको फोटो आफ्नो भारतीय समकक्षीबाट सर्कुलेट भएको उल्लेख गर्दै बाबुरामले ट्वीट गरेका थिए ।

यस्तै बाबुरामको ट्वीटलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले कहाली लाग्दो प्रश्न गरेका छन्। भट्टराईलाई तत्कालीन जनयुद्दको झल्को आउने गरेर राप्रपा अध्यक्ष थापाले सामाजिक संजालमा सो प्रश्न गरेका हुन्।

थापाले प्रश्नमा सोधेका छन्,’ योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको र जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?

सम्बन्धित समाचार