Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

हेर्नुहोस् आज साउन ७ गते बिहीबारको राशिफल

हेर्नुहोस् आज साउन ७ गते बिहीबारको राशिफल

  • 1.2K
    SHARES

  • हेर्नुहोस् आज साउन ७ गते बिहीबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थपनि लाग्न सक्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  - ज्यो.प. नारायणप्रसाद दुलाल 

    सम्बन्धित समाचार