Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

बाघको छालासहित दुई पक्राउ

बाघको छालासहित दुई पक्राउ

  • 1.4K
    SHARES

  • बाघको छालासहित दुई पक्राउ

    देउखुरी । बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा बाघको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । रासस

    नेपाल फेस

    सम्बन्धित समाचार