Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

विद्युत् उत्पादन कम्पनीका प्रमुख १५ दिन निलम्बनमा, कम्पनी प्रमुखकाे हैसियतले काम गर्न राेक

विद्युत् उत्पादन कम्पनीका प्रमुख १५ दिन निलम्बनमा, कम्पनी प्रमुखकाे हैसियतले काम गर्न राेक

  • 1.2K
    SHARES

  • विद्युत् उत्पादन कम्पनीका प्रमुख १५ दिन निलम्बनमा, कम्पनी प्रमुखकाे हैसियतले काम गर्न राेक

    काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले कार्यकारी प्रमुख अनन्तराज घिमिरेलाई प्रवन्ध सञ्चालकका रुपमा काम गर्न रोक लगाइएको छ ।

    घिमिरेले दोहोरो सुविधा उपभोग गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेपछि मंगलबार बसेको कम्पीको सञ्चालक समिति बैठकले घिमिरेलाई काम गर्न राेक लगाएकाे हाे ।

    मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिएको छ । सो अवधिसम्म घिमिरेलाई कार्यकारी प्रमुखको हैसियतमा गर्ने काम गर्न रोक लगाइएको कम्पनी स्रोतले जनाएको छ ।

    मध्यपश्चिम विश्वविद्यालयबाट अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनीमा राजनीतिक नियुक्ति लिएको समाचार सार्वजनिक भएपछि घिमिरे निलम्बनमा परेका हुन् ।

    ‘उहाँले आफ्नो कुनै कमजोरी नरहेको र पुष्ट्याइँका लागि आवश्यक कागजात ल्याउँछु भनेपछि सञ्चालक समितिले केही समय उहाँलाई काम गर्न रोकेर समय दिएको हो,’ एक सञ्चालकले भने,’उहाँले दावी गरेजस्तो नपाइए कारवाहीका लागि थप निर्णय हुन सक्छ ।’

    घिमिरेले राजनीतिक शक्तिका आडमा सञ्चालक समितिलाई पनि दबावमा पारिसकेको ऊर्जा मन्त्रालय स्रोतले बताएकाे छ । ‘दोहोरो सुविधा लिएकोबारे विश्वविद्यालयले मन्त्रालयलाई सोधेपछि अब यो मुद्दा मिलाउन उच्च राजनीतिक शक्तिको प्रयोग गर्न खोजिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

    सम्बन्धित समाचार