Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

  • 2.1K
    SHARES

  • ८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

    मकवानपुर । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक ४२ वर्षीय बाबुराम नेगीलाई पक्राउ गरेकाे छ ।

    बुधबार बिहान करीब ३ बजेतिर राक्सिराङ गाउँपालिका-४ का नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार