Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

माधव नेपाललाई गद्दारको आरोप, होस हराएको बेलाको मर्यादाहीन आक्रोश

माधव नेपाललाई गद्दारको आरोप, होस हराएको बेलाको मर्यादाहीन आक्रोश

नेपाल फेस

साउन ६, २०७८ बुधबार
  • 40.2K
    SHARES

  • माधव नेपाललाई गद्दारको आरोप, होस हराएको बेलाको मर्यादाहीन आक्रोश

    टंक कार्की 

    पार्टीमा मत विरोध हुन्छन्, तिनको सम्यक सामाधान नहुँदा पार्टी फुट्न सक्छन्, नेताको पार्टीबाट सम्बन्धविच्छेद हुनसक्छ,  तर परिपक्व पार्टी या नेता अलग हुनुपर्दा पनि यति तल झर्दैनन् कि एक अर्कालाई गद्दार भनिहालून्, कांग्रेसले गणेशमान र किशुनजीमाथि त्यस्तो आरोप लागाउने धृष्टता कहिल्यै गरेन, न उनीहरुले कांग्रेसमाथि त्यस किसिमको कुनै आरोप लगाए, मावोवादी विभाजनमा पनि त्यस्तो आरोप प्रत्यारोप सुनिएन ।

    अँ, लेनिनले काउत्स्कीलाई त्यस्तो आरोप लागाए, जो राजनीतिक रुपमा उचित पनि थियो, फेरि पनि लेनिनले नै काउत्स्कीले अतितमा माक्र्सवादको व्याख्या र सृजनात्मक विकासमा गरेको योगदानको खुलस्तरुपमा प्रशंसा पनि गरेका थिए, नेपाली कम्युनिष्ट नेतृत्वले ‘गद्दार काउत्स्कीु पढ्यो र बढीमा आफूलाई क्रान्तिकारी देखाउन र असलियतमा आफू हावी हुन लेनिनबाट उक्त शब्द सापटी लियो र आफ्नै सहयोद्धालाई गद्दारको बिल्ला भिराइहाल्यो, भद्दा नक्कल, त्यसको पहिलो शिकार पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नै बनाइहाल्यो ।  आन्दोलनको घात गर्ने र निरंकुशताको ठाडो ताबेदारी गर्ने केशरजंग रायामाझी, शैलेन्द्रकुमार उपाध्याय, कमलराज रेग्मी  र डीपी अधिकारीहरुलाई त उनीहरुले गद्दार भनेनन् । छैन त रोचक इतिहास १ अहिले माधव नेपाललाई गद्दारको आरोप लगाइएको छ, विमति हुन सक्छ, विवाद हुनसक्छ तर त्यतिकै भरमा त्यस्तो आरोप लगाउनु होस हराएको बेलाको मर्यादाहीन आक्रोस सिवाय केही होइन, आफू नाच्न नजान्ने आँगन टेडो ?

    हामीकहाँ निकै अघिदेखि दक्षिणपन्थी विसर्जनवादले शिर उठाउँदै गरेको र संसदीय राजनीतिमा प्रवेश गरेयता झाङ्गिदै गएको यथार्थ हो । संसदीय राजनीतिलाई पूँजीपति वर्ग  ‘धोखाधडीको रुपमा प्रयोग’ गर्न माहिर हुँदै हो, कम्युनिष्टहरुले त्यसलाई ‘मुक्तिको उपकरणको रुपमा  बदल्ने  गरीलाग्न माक्र्सवादले अनुमति दिन्थ्यो तर त्यो अभिप्राय कतै नदेखिने गरी उही धोखाधडीमा हेलिनु दक्षिणपन्थी विसर्जनवाद नै हो  । हाम्रो समस्या यहाँ हो  ।

    विचारबाट विचलनको सिलसिला सँगसँगै यसलाई पुठ दिनेगरी हाम्रा संरचना, संस्था र संस्कृतिको निर्माण भएको छ । आन्तरिक जनवादलाई सुदृढ गर्न र पार्टीको कार्यदिशा र मिसनलाई लिगमा राख्न बनाइएका विधि, प्रक्रिया सब निरस्त गरिएका छन् । सामूहिक नेतृत्व र सामूहिक ज्ञानका ठाउँमा अत्यन्त केन्द्रिकृत शक्तिको सन्की उर्दीलाई प्रतिस्थापित गरिएका छन् । जतिसुकै परिपाठ लगाए पनि दुनियाँदारले देखेको, भोगेको यहीं नै हो । यसो भएर पनि पराईले समेत हाम्रा आन्तरिक अन्तरविरोधमा चलखेल गर्न समेत पाएका छन् । उनीहरु खुचिङ्ग मात्रै होइन अझ यस आन्दोलनको चितामा आफ्नो ह्याकुलो सेक्न झन् आतुर देखिन्छन् ।

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images