Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

निजामती कर्मचारी संगठनद्वारा हेलम्बुका बाढीपीडितलाई १०  लाख बराबरको राहत बितरण

निजामती कर्मचारी संगठनद्वारा हेलम्बुका बाढीपीडितलाई १०  लाख बराबरको राहत बितरण

images
images

नेपाल फेस

असार २७, २०७८ आइतबार
  • 34.1K
    SHARES

  • निजामती कर्मचारी संगठनद्वारा हेलम्बुका बाढीपीडितलाई १०  लाख बराबरको राहत बितरण

    सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठनले सिन्धुपाल्चोकका बाढीपीडितलाई ८  लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ । हेलम्बु गाउँपालिकाको किउलका बाढी पहिरो पीडितलाई संगठनको टोलीले शनिबार जस्तापाता र स्वास्थ्य सामग्री(हेल्थकिट)  बितरण गरेको छ ।

    images

    पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, आधिकारिक ट्रेड युनियन अध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेसहितका पदाधिकारीले बाढीपीडितलाई राहत बितरण गरेका थिए । राहत बितरण गर्न जानुअघि निजामती कर्मचारी संगठनको टोलीलाई शनिबार बिहान एमालेका बरिष्ठ नेता माधव नेपाले बिदाइ गरेका थिए ।

    rahat 1.jpg

     हेलुम्बु २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामा र एमालेका नेता अर्जुन भण्डारी पनि राहत बितरण कार्यक्रममा सहभागी थिए । अबिरल बर्षापछि असार १ मा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति पुर्याएको थियो । हेलम्बुको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण बाढी आएको थियो । 

    सम्बन्धित समाचार