Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

ओलीको परिवारवादः एकै घरका चार सदस्यलाई राजनीतिक नियुक्ति

ओलीको परिवारवादः एकै घरका चार सदस्यलाई राजनीतिक नियुक्ति

नेपाल फेस

असार २४, २०७८ बिहीबार
  • 147.5K
    SHARES

  • ओलीको परिवारवादः एकै घरका चार सदस्यलाई राजनीतिक नियुक्ति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुयायीहरु सामाजिक संजालमा अरु नेताहरुलाई परिवारवादको आरोप लगाउँछन् तर उनले राज्यका नियुक्तिदेखि विभिन्न अवसरहरु बितरणमा देखाएको परिवारवादको बारेमा भने एक शब्द पनि लेख्न सक्दैनन् । ओलीलाई मामाको साइनो लगाउने दोलखाका बालकृष्ण शिवाकोटीको परिवारका ४ सदस्यले राज्यका विभिन्न निकायमा नियुक्तिको अवसर पाएका छन् ।

    बालकृष्ण शिवाकोटीको पार्टीमा कुनै योगदान नै नभए पनि ओलीको कृपा पाएपछि क्रेनले टिप्दै नियुक्ति गरिएको छ । शिवाकोटी, उनका भाइ रमेश शिवाकोटी, बहिनी कमला शिवाकोटी र पछिल्लो पटक श्रीमती दिपा दाहालले नियुक्ति पाएका छन् । शिवाकोटीको परिवारमा उनकी श्रीमतीको सरकारी निकायमा नियुक्ति हुन बाँकी थियो, त्यो पनि ओलीले पूरा गरिदिएका छन् ।

    बालकृष्ण शिवाकोटीको श्रीमती दीपा दाहाललाई २०७८ जेठमा वन पैदावर विकास समितिको निर्देशकमा नियुक्ति गरिएको छ । दीपाको पृष्ठभूमिको बारेमा धेरै अलमलमा परेका थिए । उनले सामाजिक संजाल फेसबुकमा दीपा शिवाकोटी लेखेकी छन् । तर मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुँदा दीपा दाहाल उल्लेख भएकाले धेरै अलमलमा परेका थिए । तर दीपा बालकृष्णकै श्रीमती भएको कुरा एक महिनापछि मात्र धेरैले थाहा पाए ।वन पैदावर विकास समिति, टिम्बर कर्पोरेसन अफ नेपाल गाभिएर वन निगम लिमिटेड बनाइए पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरी समिति पुनः अलग हुने आदेश गराइएको थियो ।

    बालकृष्णले भाइ रमेश शिवाकोटीलाई २०७८ बैशाखमा पशुपति विकास कोष संचालक परिषदको सदस्यमा नियुक्ति गराएका थिए ।  शिवाकोटी यसअघि पनि कोषकै सदस्य थिए । उनको कार्यकाल सकिएको एक बर्ष पनि भएको छैन, फेरि नियुक्ति गराउन बालकृष्ण सफल भए । पशुपति विकास कोष अन्तर्गतको पूर्वाधार निर्माण र सुनको जलहरी राख्ने कार्यक्रममा हुने चलखेललाई ध्यानमा राखी बालकृष्ण शिवाकोटीले रमेशलाई सदस्य बनाउन सफल भएका छन् । पशुपति विकास कोषमा हुने ठेक्कादेखि धेरै कुरामा बालकृष्णको रुची गहिरो रहेको स्रोत बताउँछ । भानुभक्त ढकाल पर्यटन मन्त्री भएको समयमा रमेश शिवाकोटीलाई बालुवाटारकै दबाबमा नियुक्ति गरिएको थियो । धु्रव उप्रेतीको कार्यकाल बाँकी छँदै राजीनामा गराएर शिवाकोटीलाई पशुपतिमा लगिएको थियो ।

    बालकृष्णकी भान्जी नाता पर्ने कमला ओलीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको संचालकमा नियुक्ति दिएका छन् ।

    ओलीलाई मामाको साइनो लाउँदै बैध अवैध अनेक तरहले करोड होइन, अरबौं सम्पत्ति थुपार्न सफल दोलखाका बालकृष्ण शिवाकोटी स्वयं लगानी बोर्डका सदस्य छन् । एक कार्यकाल सकिएपछि उनी फेरि नियुक्त भएका हुन् । लगानीबोर्डमा अनुमतिका लागि आउने मेघा प्रोजेक्टमा समेत उनको रुची रहने गरेको छ । 

    ओलीको शासनमा सबैभन्दा बढी फाइदा लिनेमा बालकृष्ण शिवाकोटीको परिवार देखिएको छ । राज्यका नियुक्ति ओलीले शिवाकोटी परिवारका लागि बक्सिस नै दिएका छन् । जीवन नै कम्युनिष्ट राजनीतिमा समर्पित गरेका र लाभ नलिएका घनश्याम खतिवडा, घनेन्द्र बस्नेत, नरेश खरेलहरु भन्दा ओलीका लागि मोति दुगडहरु त प्रिय भएकै थिए, अब ओली राजमा उनको चाकरी चाप्लुसी गर्नेहरु जतिसुकै बदनाम किन नहुन् पटक पटक अवसर पाउँछन् भन्ने शिवाकोटीका परिवारको नियुक्तिले देखिएको छ ।

     

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images