Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

बैंकिङ कसुरमा मनाङ होटलका संचालक गिरी फरार, आइजीपीसँग रहस्यमय उठबस

बैंकिङ कसुरमा मनाङ होटलका संचालक गिरी फरार, आइजीपीसँग रहस्यमय उठबस

  • 154.1K
    SHARES

  • बैंकिङ कसुरमा मनाङ होटलका संचालक गिरी फरार, आइजीपीसँग रहस्यमय उठबस

    काठमाडौं । नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीका उच्चपदस्थ अधिकारीसँग उठबस भएका मनाङ होटलका संचालक देवेन्द्र गिरीलाई प्रहरीले खोजी गरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बैंकिङ कसुरमा उनलाई खोजी गरेपछि उनी एक महिनादेखि फरार भएका छन् । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल, नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालसम्मलाई होटलमा बोलाएर बेला बेलामा कक्टेल पार्टी गर्ने गिरी बैंकिङ कसुरमा फरार भएको प्रहरीले बताएको छ ।

    चेक बाउन्सको उजुरीमा उनीबिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । चामुण्डा सेक्यु्रिटीलाई दिएको १ लाख ६१ हजार ३ सय रुपैयाँको चेक बाउन्समा उनी फरार भएका छन् । चामुण्डा सेक्युरिटीबाट मनाङ होटलले सुरक्षागार्ड राखेको थियो । ती सुरक्षागार्डको पारिश्रमिक बापत खातामा रकम नभएको चेक होटल संचालक गिरीले चामुण्डालाई दिएका थिए । चामुण्डा सेक्युरिटीका बिमल बानियाँले  चेक बाउन्समा उजुरी दिएपछि प्रहरीले गिरीको खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् ।  

    को हुन् गिरी  ?

    नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ अधिकारीहरुसँगको उठबस भएका गिरीले मनाङ होटल कसरी कब्जा गरे त ? यसको पृष्ठभूमि केलाउँदै जाने हो भने धेरै रहस्यका पर्दाहरु उघ्रिनेछन् । मनाङ होटल एक बंगलादेशी र फ्रेन्च नागरिकको स्वामित्वमा थियो । नेपाली लगानीकर्ता भुजुङ गुरुङ थिए । त्यो बेला गिरी मस्र्याङ्दी होटलमा वेटर(बेरा)को काम गर्थे । त्यसक्रममा बंगलादेशीसँग गिरीको चिनजान भयो । र, विस्तारै सम्बन्ध गाँसिन पुग्यो । बंगलादेशीसँगको हिमचिमको केही समयपछि होटलका फ्रेन्च लगानीकर्ता देखिन छाडे । उनी एकाएक हराए ।

     भुजुङलाई हातमा लिएर गिरीले बंगालीलाई पनि उक्त होटल छाड्न बाध्य बनाएको स्रोत बताउँछ । फ्रेन्च र बंगाली लगानीकर्तालाई गिरीले नै होटल छाड्न बाध्य बनाएका थिए । फ्रेन्च र बंगाली सम्बन्धित देशमा समेत नपुगेको र नेपालमा समेत त्यसपछि नदेखिएकाले यो बिषय रहस्यको गर्भमा छ । विदेशी लगानीकर्ताको खोजबिन गर्नु पनि नेपाल प्रहरीको दायित्वभित्र पर्दछ, मनाङ होटलबारे जानकार एक ब्यवसायीले बताए ।

    २०७४ मा ३३ किलो सुन र सनम शाक्य हत्या काण्डमा मनाङ होटलका अर्का संचालक भुजुङ गुरुङ पनि अनुसन्धानमा थुनामा परे । त्यसपछि भुजुङलाई पनि नेपाल प्रहरीका तत्कालीन आइजीपी सर्वेन्द्र खनालमार्फत् चर्को दबाब दिएर कौडीको मूल्यमा मनाङ होटल गिरीले हत्याएका थिए । खनालले अमेरिकाबाट बोलाएका आफ्ना ब्यापारी साथी सुबुप्रताप केसीको नाममा मनाङ होटलमा लगानी गरेको स्रोत बताउँछ । वेटर रहेका गिरीको मात्रै उक्त होटलमा लगानी गर्ने सामथ्र्य नभएकाले भुजुङ गुरुङलाई आउट गरी सर्वेन्द्र खनालले होटलमा लगानी गरेको स्रोत बताउँछ । खनालले गिरीमार्फत् मनाङ होटल, गैरीधाराको एलिससँगै अर्को पार्टी प्यालेस र विभिन्न ठाउँमा जग्गा जमिनमा समेत लगानी रहेको स्रोत बताउँछ ।

     प्रहरीका आइजीपीकै संरक्षण भएकाले गिरीले होटलमा जुवा समेत खेलाउने गरेको आरोप छ । मनाङ होटलमा जुवा खेलाउने र होहल्ला गरेपछि मस्र्याङ्दी होटल ब्यवस्थापनले धेरै पटक प्रहरीलाई गुनासो समेत गरेको थियो । कलाकारदेखि प्रहरी र सशस्त्रका उच्चपदस्थ अधिकारीसँगको पहुँच देखाउँदै गिरीले मनाङ होटलमा जुवा खेलाउने गरेको आरोप छ ।

     गिरीसँग घनिष्ठता भएका सशस्त्रका शैलेन्द्र खनाल र पूर्वआइजीपी खनालले उनलाई छुटकारा दिलाउन खोजे पनि उनीबिरुद्ध प्रहरीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिसकेको छ । सशस्त्रका आइजीपी खनालले आफ्ना छोरा सानिध्य खनालको जन्मदिन, गीति एल्बम बिमोचन गराउने कार्यक्रमदेखि अरु धेरै कार्यक्रम होटल मनाङमै राख्ने गरेका थिए । २ बर्षअघि नेकपा माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालसँगे शैलेन्द्र खनालका छोरा सानिध्यले भुर्र भुर्र गीतमा मोडलिङ समेत गरेका थिए ।

    देवेन्द्र गिरी आवरणमा आफूलाई गीतकारको रुपमा समेत चिनाउने गर्दथे । उनले एल्बम निकाल्ने, प्रहरीका उच्चपदस्थ हाकिमहरुलाई बिमोचन गराउने र बेलाबेलामा कलाकार बोलाएर जमघट समेत गराउने गर्दथे ।  

    सम्बन्धित समाचार