Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

टेक वे अर्डरमा सेवा शुल्क, केएफसीलाई ठगीमा कारबाही गर्न सीडीओ कार्यालयमा गुहार 

टेक वे अर्डरमा सेवा शुल्क, केएफसीलाई ठगीमा कारबाही गर्न सीडीओ कार्यालयमा गुहार 

  • 4.3K
    SHARES

  • टेक वे अर्डरमा सेवा शुल्क, केएफसीलाई  ठगीमा कारबाही गर्न  सीडीओ कार्यालयमा गुहार 

    काठमाडौं । ग्राहकहरुबाट अर्डर लिई खाना तयार गरेर दिने (टेक वे अर्डर) मा समेत सेवा शुल्क(सर्भिस चार्ज) लिने देवयानी इन्टरनेशनल नेपालद्वारा संचालित केएफसी रेष्टुरेन्टबिरुद्ध ठगीमा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । विष्णु गिरी र राजेश भारतीले केएफसीलाई आवश्यक कारबाहीको माग गर्दै २०७८ बैशाख १२ मा सीडीओ कार्यालयमा निवेदन दिएका छन् ।

    काठमाडौंको थापाथलीस्थित केएफसी रेष्टुरेन्टमा खाजा खाई बिल भुक्तानी गर्ने क्रममा सर्भिस चार्ज उल्लेख भएकाले सेल्फ सर्भिसमा किन सर्भिस चार्ज जोडियो भनी प्रश्न गर्दा त्यहाँ तत्काल उपलब्ध कर्मचारी एवं संचालकसमेतले कुनै चित्तबुझ्ने जवाफ दिन नसकेको उजुरीमा उल्लेख गरेका छन् । सेल्फ सर्भिसमा किन यसरी सेवा शुल्क(सर्भिस चार्ज)का नाममा सर्वसाधारणबाट ठगिरहनुभएको छ भनी प्रश्न गर्दा हामीलाई उक्त ठाउँबाट जबर्जस्ती गलहत्याएर बाहिर पठाइयो, गिरी र भारतीको निवदेनमा उल्लेख छ–‘तैंले सकेको गर’ भनी धम्कीसमेत दिइयो । सेल्फ सर्भिसमा सर्भिस चार्ज जोडेर ठगी गर्ने कार्य रोक्न अन्य कुनै उपाय हामीसँग नभएकाले प्रशासन गुहार्न आएका हौं । अतः उक्त कम्पनीलाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

    सेल्फ सर्भिसमा सर्भिस चार्ज लिनु नै गैरकानुनी  भएको बिषयमा गिरी र भारतीले निवेदन दिए पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले केएफसीलाई सामान्य सोधपुछ समेत गरेको छैन ।

    २०७८ जेठ ३० गतेको निर्णय अनुसार टेक वे अर्डरका लागि मात्र रेष्टुरेन्ट र होटलहरुलाई खुल्ला गरियो । टेक वे भनेको पकाएर दिने मात्र हो ।  पकाएर दिनेमात्र भएकाले सर्भिस चार्ज लिन पाइँदैन । रेष्टुरेन्टमा बसेर खाने ग्राहकसँग बाहेक प्याकिङ गरेर खानेकुरा लानेसँग सेवाशुल्क लिन पाइँदैन । तर दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको देवयानी इन्टरनेशनल नेपालद्वारा संचालित केएफसी रेष्टुरेन्टले टेक वे अर्डरको समेत सेवा शुल्क लिएको बिषयमा नेपाल फेसले सप्रमाण समाचार प्रकाशित गरेको थियो । तर देवयानी इन्टरनेशनलले ग्राहकसँग जबर्जस्ती कुनै शुल्क नलिएको भन्दै खण्डन गरेको छ । केएफसीले टेक वे अर्डरमा ग्राहकबाट सर्भिस चार्ज लिएको प्रमाण नै सार्वजनिक रुपमा दिइएको छ ।  जबर्जस्ती नलिएको जिकिर देवयानीले गरेको छ । ग्राहकबाट टेक वे अर्डरमा सर्भिस चार्ज लिनु कति उचित हो भन्ने कुरा मात्र हामीले उठाउन खोजेका हौं । टेक वे अर्डरमा पकाएर दिनेमात्र हो, तर रेष्टुरेन्टमा बसेर खाने ग्राहकसँग मात्र लिनुपर्ने सर्भिस चार्ज जोडिनु लुट नै हो, जुन कुरा निवेदक गिरी र भारतीले समेत उठाएका छन् ।

    premlal.jpg

    राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्–टेक वे अर्डरमा सर्भिस चार्ज लिन पाइँदैन । सेवा नै नगरी शुल्क लिनु केएफसीको उपभोक्तमाथिको ठगी हो, कारबाही हुनुपर्छ । टेक वे भनेको भान्सामा बनाइरहेको सामान खरिद गर्ने हो । तयारी सामानमा सर्भिस चार्ज लिनु सिधै ठगी हो । तयारी सामान ग्राहकले किनेर लाने हो, त्यसमा सेवा शुल्क किन लिने ? सेवा नै गरेको छैन, कसरी शुल्क लिने ? उपभोक्ताले किन तिर्ने ?

    केएफसी रेष्टुरेन्ट संचालन गर्ने कम्पनी देवयानी इन्टरनेशनलका सूचना अधिकारी दिपेश दाहालको भनाइ यस्तो छ–ट्रेड युनियनसँगको सम्झौतामा नै प्राइस निर्धारण गरिएको मेनु अनुसार लिएका हौं । सेवा शुल्कको बिषय त्यही मेनुमा छ । मेनु अनुसार लिएका हौं । निषेधाज्ञा अवधि र टेक वे अर्डरका लागि अनुमति दिएको अवधिको सेवा सुविधा मजदुरलाई नदिएको गुनासो पनि आएको छ नि भन्ने प्रश्नमा दाहालले भने, एउटा पनि मजदुर जसले तलव नपाएको भनेको छ, उसको नाम दिनुस्, म बैंकमा तलव हालेको प्रमाण दिनेछु । 

    सम्बन्धित समाचार