Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

हंगेरीसँग बराबरी खेल्दै जर्मनी अन्तिम १६ मा

हंगेरीसँग बराबरी खेल्दै जर्मनी अन्तिम १६ मा

  • 1.1K
    SHARES

  • हंगेरीसँग बराबरी खेल्दै जर्मनी अन्तिम १६ मा

    काठमाडौं । युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा जर्मनी बराबरीमा रोकिएको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा जर्मनी र हंगेरी २-२ गोलको बराबरी खेलेका हुन् । उक्त खेलको ११ औं मिनेटमा हंगेरीका कप्तान एडम स्जालाईले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफमा खेलको ६६ औं मिनेटमा जर्मनीका काइ हाभर्ट्जले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसको तुरुन्तै हंगेरीले अर्को गोल गर्यो । हंगेरीका आन्द्रेस सेफरले गोल गरी अग्रता दिलाए । 

    त्यसपछि खेलको ८४ औं मिनेटमा जर्मनीका लागि लिओन गोरेट्जकाले गोल गरे । यससँगै जर्मनीले हंगेरीसँग बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।  

    सम्बन्धित समाचार