Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

रोनाल्डोको अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी, फ्रान्स र पोर्चुगल बराबरी

रोनाल्डोको अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी, फ्रान्स र पोर्चुगल बराबरी

  • 1.7K
    SHARES

  • रोनाल्डोको अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी, फ्रान्स र पोर्चुगल बराबरी

    काठमाडौं । युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा साविक विजेता पोर्चुगल बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगल र फ्रान्स २-२ गोलको बराबरी खेलेका हुन् । 

    उक्त खेलमा रोनाल्डोले २ गोल गरेका हुन् । फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन्।

    उनले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन्। सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा अलीले १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए। यस्तै रोनाल्डोले पनि १०९ गोल गरेका छन् । 

    गए रातिको उक्त खेलमा रोनाल्डोले पेनाल्टी गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा फ्रान्सले अग्रता लिने प्रयास गर्दा गोल हुन सकेन । त्यसपछि 
    दोस्रो हाफको सुरुवातमै फ्रान्सका बेन्जेमाले अर्को गोल गरी अग्रता दिलाए । त्यसपछि ५८ औं मिनेटमा  पेनाल्टीमा रोनाल्डोले गोल गरे । 

    पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । यससँगै फ्रान्सको ३ खेलमा ५ अंक  र पोर्चुगलको ३ खेलमा ४ अंक रहदै तेस्रो स्थानमा रहेको छ । 

     

    सम्बन्धित समाचार