Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

  • 1.9K
    SHARES

  • नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

    काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेकपा(एकीकृत) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा वैशाख ६ गते निवेदन दिएको थियो ।

    पार्टीले आयोगबाट “कलम” चुनाव चिह्नका पाएको छ । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

    सबै युवाहरुलाई समेटेर गठन प्रक्रिया अघि बढाईएको पार्टीमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा सहभागीता सुनिश्चित गरिएको छ । पार्टीको केन्द्रिय कमिटीमा २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।

    नेकपा एकीकृत दल दर्ता गर्ने नेताहरू नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका युवा नेता हुन् ।

    ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

    दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । 

    अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए । ‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भने ।

     

    received_128560139352169.jpeg

    सम्बन्धित समाचार