Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

पदमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे आफ्नो १९ दिनको कामको विवरण

पदमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे आफ्नो १९ दिनको कामको विवरण

  • 3.8K
    SHARES

  • पदमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे आफ्नो १९ दिनको कामको विवरण

    काठमाडौं । पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो १९ दिनको कामको विवरण सार्वजनिक गरेका छन् ।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले आफ्नो १९ दिनको कामको विवरण सार्वजनिक गरेका हुन् । 

    उनले आफु मन्त्री हुँदा कोरोना महामारीको नियन्त्रणमा इमान्दार भएको बताएका छन् । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका छन् । 

    उनको कामको विवरण यस्तो छ -

    १. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)

    २. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

    ३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।

    ४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

    सम्बन्धित समाचार