Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एरिक्सन होसमै छन् : डेनिस फुटबल संघ


    आइतबार, जेष्ठ ३० २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । डेनमार्कको राष्ट्रिय फुटबल संघले मैदानमा बेहोस भइ आफै लडेका क्रिस्टियन एरिक्सन जिवितै रहेको जनाएको छ । डेनिस फुटबल संघका अनुसार एरिक्सन होस् मै छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

    युरोकप फुटबल अन्तर्गत शनिबार राति फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भएका थिए। एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो । उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो ।

    फिनल्याण्डसँगको पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफैँ लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरका खेलाडी तथा खेलप्रेमीले एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्ड विजयी भयो । फिनल्याण्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गर्यो  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार