Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

मन्त्रिपरिषदमा भौगोलिक असन्तुलन

प्रदेश नम्बर २ का १४ मन्त्री, ६ वटा प्रदेशबाट ११ जना मात्रै 

प्रदेश नम्बर २ का १४ मन्त्री, ६ वटा प्रदेशबाट ११ जना मात्रै 

  • 1.4K
    SHARES

  • प्रदेश नम्बर २ का १४ मन्त्री, ६ वटा प्रदेशबाट ११ जना मात्रै 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । बिहीबार ६ मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी उनले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । ओली मन्त्रिपरिषद यसअघि नै भौगोलिक हिसाबले असन्तुलित छ । जेठ २१ मा पुनर्गठन भएको मन्त्रिपरिषदमा प्रदेश नं २ बाट १२ मन्त्री नियुक्ति गरेका ओलीले अहिले पुनः २ जना सोही प्रदेशका थपेर १४ पुर््याएका छन् ।

    बिहीबार गरिएको मन्त्रिपरिषद विस्तारमा प्रदेश नम्बर २ बाट २ जना थपिएका छन् । जसपाका तर्फबाट सिरहाका राजकिशोर यादव र पूर्वमाओवादीको तर्फबाट प्रभु साहको सिफारिसमा बाराकी ज्वालाकुमारी साहलाई मन्त्री बनाएपछि प्रदेश नम्बर २ बाट संघीय सरकारमा १५ जनाको प्रतिनिधित्व भएको छ । 
    यसअघिको मन्त्रीपरिषद बिस्तारमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक जना पनि मन्त्री नियुक्त गरिएको थिएन ।

    यो पटतक सुदूरपश्चिमबाट एक जना मन्त्री र एक राज्यमन्त्री गरी २ जनालाई स्थान दिइएको छ । वन तथा वातावरण मन्त्री नारदमुनि राना र राज्यमन्त्री आशा विक सुदूरपश्चिमका हुन् । राना कैलालीका हुन् भने विक बझाङकी हुन् । कर्णालीबाट मुगुका मोहन बानियाँलाई विनाविभागीय मन्त्री बनाइएको छ । गण्डकी प्रदेशबाट खगराज अधिकारीलाई गृहमन्त्री बनाइएको छ । उनले सिंगो गण्डकीको प्रतिनिधित्व गरेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री बिष्णुप्रसाद पौडेल सिंगो लुम्बिनीमा एकमात्रै मन्त्री हुन् ।

    एक नम्बर प्रदेशबाट प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधित्व गर्दछन् । ओली झापाका हुन् भने नेम्वाङ पाँचथरका हुन् ।

    प्रदेश नम्बर दुईबाट उपप्रधानमन्त्रीमा रघुवीर महासेठ र राजेन्द्र महतो नियुक्त भएका छन् । महासेठ परराष्ट्र मन्त्री र महतो सहरी विकास मन्त्री हुन् । महासेठ धनुषाका हुन् भने महतो सर्लाहीका हुन् । तर चुनाव भने उनले धनुषाबाटै जितेका हुन् । महासेठ एमालेबाट र महतो तत्कालीन राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने ८ मन्त्रीहरुमा महोत्तरीका शरदसिंह भण्डारी उर्जा मन्त्री नियुक्त भएका छन् भने रौतहटका अनिलकुमार झा खानेपानी, पर्साका लक्ष्मणलाल कर्ण भूमिब्यवस्था र सिरहाका लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रीको जिम्मा दिइएको छ ।

     पर्साकै विमल श्रीवास्तव श्रम, धनुषाका उमाशंकर अरगरिया पर्यटन, महोत्तरीकी चन्दा चौधरी महिला, बाराका एकवाल मियाँ निर्वाचित युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।

    प्रदेश नम्बर दुईबाट नियुक्त भएका ८ मन्त्रीमध्ये लिलानाथ श्रेष्ठ एमालेका हुन् । अरु ७ जना जसपाकै हुन् । जसपाले उर्जा राज्यमन्त्री बनाएका चन्द्रकान्त चौधरी पनि २ नम्बर प्रदेशको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । २ नम्बर प्रदेशका जिल्लागत प्रतिनिधित्वका हिसाबले सर्लाहीबाट एक जना पनि मन्त्री भएका छैनन् । सर्लाही घर भएका महतो उपप्रधानमन्त्री भए पनि उनी धनुषाबाट प्रतिनिधिसभामा जितेका सांसद हुन् । पर्साबाट २ जना मन्त्री भएका छन् । कर्ण र श्रीवास्तव पर्साबाट जितेका सांसद हुन् । धनुषाबाट महतोका अतिरिक्त उमाशंकर अरगरिया मन्त्री भएका छन् । महोत्तरीबाट २ जनाकै प्रतिनिधित्व छ । महोत्तरीका शरतसिंह भण्डारी र चन्दा चौधरी मन्त्री भएका छन् । सप्तरीबाट चुनाव जितेका चन्द्रकान्त चौधरीलाई राज्यमन्त्रीमात्र दिइएको छ ।

    मन्त्रिपरिषदमा बागमती प्रदेशबाट काठमाडौंका कृष्णगोपाल श्रेष्ठ शिक्षा, शेरबहादुर तामाङ स्वास्थ्य, गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन् । बागमतीबाटै रेणुका गुरुङ महिला, समाजकल्याण राज्यमन्त्री भएकी छन् । गुरुङले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा उम्मेदवार भएर ९९ मत ल्याएकी थिइन् । जबकि एमालेकी ज्ञानमाया डंगोलले ८ हजार भन्दा बढी मत प्राप्त गरी बिजयी भएकी हुन् । गुरुङलाई खस आर्यको कोटाबाट उपेन्द्र यादवले समानुपातिक सांसद बनाएका थिए । तर उनले राज्यमन्त्री खान उनलाई धोका दिएर महन्थ ठाकुुर र राजेन्द्र महतो खेमामा पुगेकी छन् ।

     २५ सदस्यीय मन्त्रिपरिषदमा ५६ प्रतिशत २ नम्बर प्रदेशको प्रतिनिधित्व भएको छ । बाँकी ६ वटा प्रदेशबाट मन्त्रिपरिषदमा ४४ प्रतिशत मात्र प्रतिनिधित्व छ । प्रदेश न १ बाट ८ प्रतिशत र बागमती प्रदेशबाट १६ प्रतिशत प्रतिनिधित्व मन्त्रिपरिषदमा छ । गण्डकी, लुम्बिनी र कर्णालीको प्रतिनिधित्व सरकारमा ४ प्रतिशतका दरले मात्र हुन्छ । सुदूरपश्चिमको ८ प्रतिशत प्रतिनिधित्व भएको छ । 

    सम्बन्धित समाचार