Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

३७४९ जना काेराेना संक्रमित थपिदा ५२९३ निको भए, थप ५९ जनाको मृत्यु

३७४९ जना काेराेना संक्रमित थपिदा ५२९३ निको भए, थप ५९ जनाको मृत्यु

  • 1.4K
    SHARES

  • ३७४९ जना काेराेना संक्रमित थपिदा ५२९३ निको भए, थप ५९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार