Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

म्यान्मारमा सैनिक विमान दुर्घटना :१२ जनाको मृत्यु

म्यान्मारमा सैनिक विमान दुर्घटना :१२ जनाको मृत्यु

  • 1.8K
    SHARES

  • म्यान्मारमा सैनिक विमान दुर्घटना :१२ जनाको मृत्यु

    याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो ।

    राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो । उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो ।

    तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ । सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी 

    नेपाल फेस

    सम्बन्धित समाचार