Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही गर्ने

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही गर्ने

  • 1.3K
    SHARES

  • लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही गर्ने

    काठमाडाैं । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ ।

    भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिनुभएको छ । प्रजिअ महतोले जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

    ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।

    लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइने छ ।

    सम्बन्धित समाचार