Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक: १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक: १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)

  • 5.2K
    SHARES

  • स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक:  १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ ।

    यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन् । यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन् । यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ ।

    यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन् । उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।

    a-2.jpgb-1.jpgc-1.jpg

     

    सम्बन्धित समाचार